उत्तरी पर्वतको जलजला गाउँपालिका–३, माझफाँटको मल्लाजमा आयोजित निःशुल्क आँखा शिविरमा १७ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लब अफ बेनी मल्लाजको आयोजनामा मंसिर १ गतेदेखि ३ गतेसम्म सञ्चालित निःशल्क रुपमा आँखा शिविरमा ८ जना पुरुष र ९ जना महिलाको शल्यक्रिया गरिएको लायन्स क्लब अफ बेनी मल्लाजका अध्यक्ष दिनेश बानियाँले बताए ।

उनका अनुसार शिविरमा ५ सय २३ जना लाभान्वित भएका छन् । सेवा लिनेमा ३ सय १५ जना महिला २ सय ८ जना पुरुष रहेको बानियाँले जानकारी दिए ।हिमालयन आँखा अस्पताल घारीपाटन पोखरा र आँखा उपचार केन्द्र बेनीको प्राविधिक सहयोगमा आयोजित शिविरमा आएका बिरामीहरुलाई निःशुल्क रुपमा चस्मा पनि वितरण गरिएको क्लवका महासचिव शिव जिसीले बताए ।

शिविरमा जलजला गाउँपालिका बाहेक म्याग्दीको सदरमुकाम बेनी लगाएत विभिन्न स्थानबाट समेत विरामी पुगेका थिए । यसैबीच शिविरमा आर्थिक, भौतिक र नैतिक सहयोग गर्नेलाई धन्यवाद दिदैं भविस्यमा समेत स्वास्थ्य सहित सामाजिक अभियानमा निरन्तर सक्रिय हुने क्लवले जनाएको छ ।

Leave a Reply