उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा आठौं कर दिवसको अवसरमा कर सचेतनामूलक कार्यक्रम गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगत अन्नपूर्ण बजार इकाईको आयोजनामा गरिएको नेपालको कर निति विषयक कार्यक्रममा कर अधिकृत बुद्धि आचार्यको ग्रामिण क्षेत्रका ब्यवसायीमा कर शिक्षाको अभावलाई समाधान गर्न नीजि क्षेत्रसँग सहकार्य गरी कर शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाइएको बताए ।

उनले करदातालाई कर शिक्षासँगै सहकार्य गरी राज्यलाई तिर्नुपर्ने कर तिर्ने वातावरण बनाइएको बताए । कर शिक्षाको अभावमा भौतारिनुपर्ने अवस्थाको अन्त्य गरिएको बताउँदै स्थानीय तहसम्म पुगेर नेपालको कर नितिका बारेमा जानकारी गराइएको बताए ।

कार्यक्रमको उद्घाटन गदैं गाउँपालिका उपाध्यक्ष केशमायाँ पुनले कर शिक्षालाई अन्नपूर्णका सबै वडामा समेत सञ्चालन गर्नुपर्ने बताईन् । उनले कर शिक्षाको अभावमा भविस्यमा ठूलो क्षती हुनसक्ने भन्दै समयमै सचेत हुनुपर्ने बताईन् ।

कार्यक्रममा वडा नं १ का अध्यक्ष दिलिप गर्वूजा, वडा नं २ का अध्यक्ष ओम प्रसाद फगामी, वडा नं ६ का अध्यक्ष कृष्ण बरुवाल,प्रथम उपाध्यक्ष सुविन श्रेष्ठ,महासचिव लिलाराम गौतमले मन्तब्य राखेका थिए । म्याग्दी उवासंघका अध्यक्ष उत्तम  कर्माचार्यले ब्यवसायीको समस्यालाई समाधान गर्न संघले आन्तरिक राजश्व कार्यालयसँग सहकार्य गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको बताए ।

कार्यक्रममा सहभागिले राज्यले लिने कर एकद्धार प्रणाली अन्तर्गत लिनुपर्नेमा जोड दिएका थिए । ‘स्वच्छ कर प्रशासन, विकास र सुशासन’ भन्ने मुल नाराका साथ मनाइको दिवसको अवसरमा आयोजित कार्यक्रमको अध्यक्षता इकाई सभापतिदशरथ कर्माचार्य र सञ्चालनईकाइका सदस्य आत्म तुलाचनले गरेका थिए । कार्यक्रममा १ सय २० जनाको उद्योग ब्यवसायीहरुको उपस्थिती रहेको थियो ।

विज्ञापन