बेनीबजारमा हुने धेरै रक्तदान कार्यक्रममा उनी पुग्छन् । नेपाल रेडक्रस सोसाईटी म्याग्दीका उपमन्त्री समेत रहेको सुरत केसीले रक्तसञ्चार केन्द्रको संयोजनको जिम्मेबारी समेत सम्हालेका छन्। सुरत केसीले बुधबार ३० औ अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा ५८ पटक रक्तदान गरेका छन्।

रक्तदानमा सघाउन धेरैपटक मध्यरातमा समेत उनी विरामीको माझमा पुग्छन् । केसी म्याग्दीमा अहिलेसम्म सबैभन्दा धेरैपटक रक्तदान गर्ने व्यक्ति हुन्। नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका निर्वतमान अध्यक्ष समेत रहेका केसीले रगत नपाएर मृत्युबरण गर्नुपर्ने अवस्थाको म्याग्दीमा अन्त्य गर्न सफल भएको बताए । ‘आफ्नो जीवन नै रक्तदानमा सर्मपण गर्ने प्रयासमा छु,‘म्याग्दीमा दशपटकभन्दा धेरै रक्तदान गर्नेको संख्या ह्वात्तै बढेको छ’ केसीले भने ।उनले रगत नपाए तुरुन्तै सम्झन समेत अनुरोध गरे ।

रक्तदान महादान भएको बताउँदै केसीले जिल्लामा पुरुषको तुलनामा महिलाले समेत रक्तदान गर्ने क्रम बढेको बताए ।प्रत्येक तीनतीन महिनामा रक्तदान गर्ने केसीको भनाई छ । केसीले २०५३ सालमा काठमाण्डौमा आयोजित कार्यक्रममा पहिलोपटक रक्तदान गरेका थिए । ‘जिल्लामा रगत अभावकै कारण एकदशक यता एकजनाले पनि ज्यान गुमाउनुपरेको छैन्,‘पोखरासम्म यहाँबाटै पठाउने गरेका छौ’ केसीले भने । उनले विद्यार्थी उमेरमै रक्तदान प्रतिको आर्कषणले भविस्यमा पनि रगतको अभाव नहुने बताए । जिल्लामा स्वयंसेवी रक्तदाता समाज समेत गठन भएपछि उत्सव, दिवस लगाएतका कार्यक्रमहरुमा रक्तदान गर्ने गरिन्छ । बार्षिक ३ सय ५० पिन्ट रगत संकलन हुने गरेपछि डेढसय पिन्ट जिल्ला बाहिर पठाउने गरिएको छ।

विज्ञापन