जिल्ला प्रहरी कार्यालय म्याग्दीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तरगत मंगला गाउँपालिका वडा नं १ पूर्णगाउँमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । समुदायमा हुने गतिविधिमा स्थानीयको सक्रियतालाई मध्यनजर गदैं आयोजित कार्यक्रमको मंगला गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले उद्घाटन गदैं अपराधिक गतिविधि न्यूनिकरणको अभियानमा स्थानीयको सहयोग आवश्यक रहेको बताईन् ।

उनले पर्यटकीयस्थल टोड्के सहित गाउँ आसपासका क्षेत्रमा प्रहरीसँग सहकार्य गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई समुदायसँग प्रहरीको बलियो सम्बन्ध स्थापित गर्ने गरी जिल्लाभर सञ्चालन गरिएको प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले बताए । उनले म्याग्दीमा कुनैपनि किसिमका अपराधिक घटनालाई निस्तेज पार्न प्रहरीले समुदायको सहयोग आवश्यक रहेको बताए।

प्रहरीले बालबालिकालाई समेत अभियानमा जोडेको बताउँदै बालबालिकाले लिएको सन्देशलाई आफ्नो घर हुदै छिमेकी र समाजमा फैलाउन सकेमा घटना न्यूनिकरणमा सहज हुने प्रनाउ मरासिनीको भनाई छ । सोही अवसरमा समुदायमा सरकारी वकील कार्यक्रम समेत सम्पन्न गरिएको छ । जिल्ला सरकारी वकील कार्यालय म्याग्दीका जिल्ला न्यायधिबक्ता कृष्णराज पन्तले विभिन्न विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा राष्ट्रिय जनजागृति माविका शिक्षक लगाएत स्थानीय गरी ५० जनाको सहभागिता रहेको थियो । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी समाजमा हुने अपराध न्यूनीकरण गर्ने लक्ष्य राखेको प्रहरीले सबै क्षेत्रमा समिति निर्माण गर्ने गरी अगाडि बढेको छ।

विज्ञापन