
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेको जनाइएको छ ।बुधवार साँझ केहीको जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा सूची पठाएका छन् । पठाइएको सूची औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । बुधबार नेकपाको सचिवालयले अनुमोदन गरेको मन्त्रीपरिषद हेरफेरको अन्तिम सूची अनुसार उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय खोसेर नेकपा नेता भानुभक्त ढकाललाई दिइएको छ ।
स्वास्थ्यमन्त्री यादव कानुनमन्त्रीको जिम्मेबारी सम्हाने छन् । बसन्त नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय,घनश्याम भुसाल कृषिमन्त्री, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा मोति दुगड, महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पार्वत गुरुङ रहेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तयार गरेको पछिल्लो सूचीमा ओली मन्त्रीमण्डलको पहिलो सूचीमै क्याविनेटमा पुगेका महिला मन्त्री थापा र संघीय मामिलाका पण्डितको मन्त्रालयमा प्रस्तावित मन्त्रीको नामै तोकेर पठाइएको छ । यसैबीच मन्त्री बन्ने सूचीमा रहेका रामेश्वर राय यादव,विमला राई, लेखराज भट्ट लगायत केहीको मन्त्रालय बिहिबार मात्रै जानकारी हुने छ । ईश्वर पोखरेल, रामवहादुर थापा बादल, प्रदिप ज्ञवाली, वर्षमान पुन, गोकुल बस्कोटा र योगेश भट्टराई सेभ छन् । उनीहरुलाई दोस्रो कार्यकालका लागि समेत निरन्तरता दिने बताइएपनि सभामुख निर्वाचनमा मन्त्रीहरुको थप हेरफेर हुने छ ।