पश्चिम म्याग्दीको पुरानो जनप्रिय माविको विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा समाजसेवी बीरबहादुर कार्की चयन भएका छन् । म्याग्दीका प्राज्ञिक ब्यक्तित्व एवम् विद्यालयका भुपु प्रधानाध्यापक समेत रहेका कार्कीको अध्यक्षतामा पुर्नगठित समितिको सदस्यमा जुना रेग्मी, सदस्यहरूमा लालमाया पुन, यमन बहादुर नेपाली, प्रेम कुमार रोका, गौमती चापागाई, नगेन्द्र बहादुर खत्री रहेका छन् ।

समितिको पदेन सदस्यमा वडा अध्यक्ष सन्तनाथ सुबेदी र सदस्य सचिवमा विद्यालयका प्रअ दिवाकर सुबेदी रहेका छन् । नवनिर्वाचत अध्यक्ष कार्कीले जिल्लाकै पुरानो विद्यालयको शैक्षिक गुणस्तर उकास्न भइरहेका प्रयासलाई आफ्नो अनुभवलाई प्रयोग गर्ने बताए । उनले पश्चिम क्षेत्रकै उत्कृष्ट सामुदायिक विद्यालय बनाउने प्रयाससँगै खेल लगाएतका अतिरिक्त क्रियाकलापमा समेत विद्यालयलाई अब्बल सावित गर्न अभिभावक र शिक्षकसँग निरन्तर सहकार्य गरिने बताए ।

नवनिर्वाचत पदाधिकारीमार्फत विद्यालयको शैक्षिक कार्ययोजना लगाएत भावि गतिविधिमा निरन्तर सहयोगको आवश्यक रहेको विद्यालयका प्रधानाध्यापक सुबेदीले बताए । मालिका गाउँपालिकाको केन्द्र दरबाङमा अवस्थित विद्यालयमा दरबाङ, अर्मन, निस्कोट, देविस्थान, बिम, रुम लगाएतका वडाका विद्यार्थी अध्ययरत छन् ।

विज्ञापन