बेनीबजारबाट एक बृद्ध सम्पर्कविहिन भएका छन् । जिल्लाको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको चौरखानीका ७९ बर्षिय हिरामान छन्त्याल शुक्रबार दिउँसो ३ बजेदेखि क्याम्पसचोकबाट बेपत्ता रहेको परिवारका सदस्यहरुले बताएका छन् ।

भारतीय सेनाबाट अवकाश प्राप्त छन्त्याल पेन्सन लिन छोरा फमान छन्त्यालसँगै आएको अवस्थामा क्याम्पसचोकबाट सम्पर्कविहिन भएपछि खोजीकार्यका लागि अपिल गरेका छन् ।

छोरा फमान कपाल काट्न निस्किएको अवस्थामा खोज्न गएका उनी आफै बजार क्षेत्रबाटै हराएको आफन्तले बताएका छन्। बृद्ध छन्त्यालको मानसिक सन्तुलन कमजोर रहेका छन्त्यालबेनीबजार आसपासमै हुन सक्ने भएकाले सामाजिक सञ्जाल तथा प्रहरीमार्फत खोजीकार्य सुरु गरिएको छ ।

७९ बर्ष उमेर भएका छन्त्याल, पातलो गहुँ गोरो, गाला चाउरी परेका, टाउकोमा कालो ढाका टोपी, शरीरमा कालो जकेट र जिन्स पाइन्ट र खुट्टामा कालो रङ्गको चप्पल लगाएको अमर छन्त्यालले जानकारी दिए । बृद्ध छन्त्याल बागलुङबाट पेन्सन लिन छोरासँगै आएकाले साथमा पैसा समेत नभएको बताइएको छ ।