‘छोरा नभए अपुतो भन्ने समाजमा इज्जत जोगाउन ११ पटक सुत्केरी भएँ । तीन सन्तानको सानैमा निधन भयो । अझै छोरा जन्मिएन,’ शुभकालिका गाउँपािलका–३ की जमरा रोकायाले भावुक हुँदै सुनाइन् ।छोरा पाउने आसमा ११ चोटी सुत्केरी हुँदा पनि छोरा नजन्मिँदा शुभकालिका गाउँपािलका –३ की जमरा रोकाया समाजबाट अपहेलित हुनुपर्यो ।

अहिले जमराको १ छोरा जन्मियो, अनि समाजले सफल महिला ठान्यो । जमराका आठ छोरी छन् । छोरीहरुको विवाह भएर पनि जमराले नाति, पनातिदेखि सकिन् ।अंश खाने छोरा नै चाहिन्छ भन्ने समाजले गर्दा धेरै दुख पाएको उनले सुनाइन्। यो समाचार आजको राजधानी दैनिकमा विश्वनाथ सिम्खडाले लेखेका छन् ।