म्याग्दी जेसीजद्धारा निरन्तर सञ्चालन हुँदै आएको अन्तरमावि जेसीज कप फुटवलको १८ औँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर ९ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने कक्षा १० सम्मका विद्यार्थीहरुले सहभागीता जनाउने सो प्रतियोगितालाई सफल बनाउन विभिन्न उपसमिति मार्फत तयारीलाई तिब्र पारिएको म्याग्दी जेसीजले जनाएको छ । शनिबार बेनीमा आयोजित पत्रकार सम्मेलनमा शाखा अध्यक्ष खम थापाले प्रतियोगितालाई सफल बनाउन उपसमिति गठन गरि तयारीलाई तिब्र पारिएको जानकारी दिए । प्रतियोगितामा जिल्लाका सबै मावि तहका विद्यालयहरुलाई सहभागीताको लागि पत्राचार गरिएको छ । प्रतियोगिताको मुल संयोजकमा हरि भण्डारी रहेका छन् ।

प्रतियोगिताको बिजेतालाई जेसीजकप, ट्रफि, मेडल, प्रमाण–पत्र र नगद ५१ हजार तथा उपबिजेतालाई ट्रफि, मेडल, प्रमाण–पत्र र नगद ३१ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा गतबर्षको भन्दा हरेक विधामा पुरस्कार राशी बढेको छ । अनुशासित टिम, उत्कृष्ठ खेलाडी, डिफेण्डर, सर्वा्धिक गोलकर्ता, उत्कृष्ठ प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र प्लेयरलाई समेत सम्मान गरिने छ भने हरेक दिन प्रमुख अतिथिको रुपमा स्थानीय तहका प्रमुखको सहभागिता रहने महासचिव सन्दिर खत्रीले बताए । उनका अनुसार पहिलोपटक ट्रफिलाई नियमित सहभागी हुने विद्यालयसम्म पु¥याइएको थियो । प्रतियोगितामा अहिलेसम्मकै धेरै विद्यालयको सहभागिता हुने अनुमानित गरिएको छ ।

प्रतियोगिताको अनुमानित आयब्यय करिव ८ लाख बराबरको हुने अनुमान गरिएको कोषाध्यक्ष अर्जुन पौडेलले बताए ।जेसीज कपको मुख्य प्रायोजकको रुपमा बेनीका दिवंगत पूर्व खेलाडी सन्तोष श्रेष्ठको स्मृतिमा उनको परिवारले दुई लाख पचास हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ। टाईटल स्पोन्सर नरेश मोवाईल सेन्टर र प्रयोजकमा मिनबहादुर विश्वकर्मा स्मृति कोष,रारा हार्डवयर÷ रारा गुप्र छन् । नरेश मोवाईलका प्रोपाईटर नरेश श्रेष्ठले १ लाख पाँचहजार र रारा हार्डवयरका संचालक प्रिया कार्की खत्रीले १ लाख रुपैयाको चेक आर्थिक संयोजक हरी भण्डारीलाई हस्तान्तरण गरेका थिए । पत्रकार सम्मेलनमा संस्थापक अध्यक्ष रमेश श्रेष्ठ सहितको उपस्थिती रहेको थियो ।

विज्ञापन