नेपाली कांग्रेसको भातृ संगठन नेपाल राष्ट्रिय मगर संघ मालिका गाउँपालिकाको सभापतिमा मोहन बहादुर पुन मगर निर्विरोध चयन भएका छन् । पश्चिम म्याग्दीको दरबाङमा आयोजित प्रथम अधिवेशनबाट उपसभापतिमा तुकमान जुग्जाली, सचिव, योगेन्द्र रोका मगर, सह–सचिव तारा रोका मगर, कोषाध्यक्ष रेखा पुर्जा मगर रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा बालकुमार फगामी, तमबहादुर पुन, नरदेवी पुन,रेशम पुन,जमानसिंह घर्ती,रुपदेवी घर्तीमगर, किरण थापा मगर, हर्कमान जुग्जाली, देवी बुढामगर र हरिप्रकाश पुन रहेको समितिका सचिव योगेन्द्र रोका मगरले बताए । प्रथम अधिवेशनको उद्घाटन गदैं नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले आफ्नो पहिचानालाई जोगाउन मगर समुदायको सक्रियता आवश्यकता रहेको बताए ।

उनले राजनीतिकसँगै हरेक क्षेत्रमा सक्षम हुने गरी नयाँ कार्यसमितिले योजनाबद्ध तरिकाले काम गर्नुपर्ने बताए । विशिष्ट मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, नेपाली कांग्रेस म्याग्दीका कार्यसमिति सदस्य केबी भण्डारी, ओम छन्त्याल, प्रदेश ख का सभापति कमल छत्याल, क्षेत्र ख उपसभापति लेकबहादुर पुन, सचिव हिरा पुन, तरुण दल म्याग्दीका सभापति मुकुन्द छन्त्याल, नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेश सदस्य पम पुन, खिमा पूर्जा, मालिका गाउँपालिकामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

अधिवेशनको अध्यक्षता जिल्ला अध्यक्ष हिरा पुन, स्वागत सदस्य खगेन्द्र पुन र सञ्चालन सचिव तुलसी पूर्जाले गरिन् । जिल्लाका स्थानीय तहमा संगठन विस्तारको अभियान अन्तरगत मंगला र बेनी नगरपालिका बाहेक सबैमा सम्पन्न भएको छ । निकट भविस्यमै बाँक स्थानीय तह र प्रदेश क र ख को समेत सम्पन्न गर्ने योजना बनाइएको अध्यक्ष पुनले बताए ।

विज्ञापन