विगत लामो समयदेखि शौचालयमै बस्दै आएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका गणेश पूर्जाको अवस्था सुन्दा र हेर्दा आङ सिरिङ हुन्छ । ६ बर्षको उमेरमै मानसिक सन्तुलन गुमाएका पूर्जाको २० बर्षपछि उद्धार गरिएको छ । बेबारिसे अवस्थामा आफन्तले खोजी गरी गाउँमा पु¥याएपनि मानसिक सन्तुलन गुमाएको अवस्थामा रेखदेख गर्न समस्या भएपछि बस्ने, खाने र सुत्ने ठाउँ बनाएर त्यही दिसापिसाव समेत गर्न मिल्ने बनाइएको थियो ।

घरबाट नियमित खाना लगेर दिने, दिशापिसाव समेत सोर्न नसक्ने अवस्थामा रहेका पूर्जाले २६ बर्षको उमेरमा मानवसेवा आश्रमले जिम्मा लिएपछि आफन्त र स्थानीष अगुवा तेज गुरूङमार्फत गाउँमै चन्द्रकुमार केसीसँगै पुगेको आश्रमको टोलीले जिम्मा लिएको छ ।

पूर्जाका बारेमा बेनीअनलाइनले समाचार सार्वजनिक गरेको थियो ।मानसिक सन्तुलन गुमेकै कारण पूर्जाले लामो समयसम्म घरबाट सम्पर्कविहिन समेत भएको अवस्थामा पछिल्लो समय गाउँमै देखिएका पूर्जालाई स्थानीयमार्फत उद्धार गरेर उपचारका लागि पोखरा पठाएको छ ।

बुबा रन बहादुर बैदेशिक रोजगारमा गएको बेला आमाले दोस्रो विवाह गरेपछि पूर्जाको मानसिक सन्तुलन गुमेको थियो । बैदेशिक रोजगारमा बुबा गएपछि आमासँगै मामा घरमा बस्दै आएका पूर्जाको मानसिक सन्तुलन गुमेपछि उपचारका हरेक प्रयास असफल भएको रनबहादुरको भनाई छ । लामो समयसम्म बेवारिसे छोराको खोजी गरी घरमा ल्याइएको थियो । यसैबीच नारच्याङबाटै मतिकाला गर्बुजालाई समेत पोखरा पठाइएको छ ।

विज्ञापन