बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मीकस्थल गलेश्वरधामा गलेश्वर शिव यूवा क्लवको आयोजनामा खेलकुद प्रतियोगिता सुरु भएको छ । बालाचर्तुदशी पर्वको अवसरमा आइतबारदेखि सुरु भएको प्रतियोगिताको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्ध बहादुर केसीले उद्घाटन गदै यूवाहरुको सक्रियतामा गलेश्वर क्षेत्रलाई थप ब्यवस्थित र धार्मिक तथा पर्यटकीय गन्तब्य बनाउनुपर्ने बताए ।

सोही अवसरमा बिशिष्ट अतिथि वडा अध्यक्ष बेलबहादुर चोखालले यूवाहरुको सक्रियतामा यूवा क्लवमार्फत रचनात्म कार्यहरु गर्नुपर्ने बताए । प्रतियोगिताको उद्घाटन सत्रमा नेकपामा यूवा नेता दिपक कार्की विर्खची, दलित अगुवा बालकुमार लामिछानेले मन्तब्य राखेका थिए । क्लवको उद्घाटन कार्यक्रमको अध्यक्षता अध्यक्ष कुलप्रसाद गर्बुजा, स्वागत उपाध्यक्ष चम बहादुर पूर्जा र सञ्चालन सञ्चारकर्मी निर्मल खत्रीले गरेका थिए ।

प्रतियोगिताको सोमबारबाट प्रौड भलिबल सुरु हुने छ।पर्वको अवसरमा गलेश्वर शिव यूवा क्लवले गलेश्वर बजार सरसफाई, खेलकुद गतिविधि सहित सांस्कृतिक कार्यक्रम तथा भक्तजनलाई सहज हुने गरी विभिन्न कार्यक्रम गर्ने संयोजक रमेश पूर्जा पुनले बताए । स्थापनाकालदेखि गलेश्वरमा खेलकुद सहित गतिविधिमा सक्रिय रहेको क्लवले स्थानीय कलाकारहरुको उपस्थितीमा सांस्कृति कार्यक्रम समेत गर्ने गरेको छ।

प्रतियोगितामा पुरुष भलिबलको प्रथम पुरस्कार ८५ हजार, पुरुष बास्केटबल ५५ हजार, महिला भलिबल ३५ हजार र पौढ भलिबललाई ३५ हजार नगद सहित विभिन्न विधाका पुरस्कार वितरण गरिने सचिव दिवाकर बुढाथोकीले बताए । मंसिर ८ देखि १५ गतेसम्म नगर तथा वडास्तरीय भलिबल, पुरुष बास्केटबल र पौढ भलिबल प्रतियोगिता हुने छ ।

विज्ञापन