चिल्ड्रेन लाईफ इङलिस बोर्डिङ स्कुल बागलुङमा अध्यनरत एक विद्यार्थीले ब्याट्रिबाट चल्ने मोटर साईकल (ईलेक्ट्रिक बाईक’ बनाउनुभएको छ ।बागलुङ नगरपालिका २ अदालतरोड घर भएका गणेश श्रेष्ठले ४८ भो’ल्टको मोटर, ४ वटा लि’डएसिड ब्याट्रि, एउटा १२ भोल्टको बेट्रि, २० ए’म्पयरको एउटा ब्याट्रि, १ पिस कन्ट्रोलर, १ ए’क्सिलेटर र बाईकको पुरानो फ्रेमबाट, ब्याट्रिबाट चल्ने बाईक निमार्ण गर्नुभएको हो ।कक्षा ९ मा अध्ययनरत श्रेष्ठले युटुभको स’हायता लिएर उक्त बाईक नि’र्माण गरेको बताउनुभयो ।

गत साउनदेखि सुरु भएको बाईक निर्माण कार्य मंसिरमा सम्पन्न भई विद्यालयमा प्रदर्शनी गरिएको थियो । यसअघि श्रेष्ठले क्ल्या’फ स्विच वल्भ, स्फिकर इन्भटर जस्ता ईलेक्ट्रिक सामान बनाएका थिए ।बाईक निर्माणमा व्यक्तिगत ६० हजार लगानी भएको थियो भने विद्यालयले ब्याट्री सहयोग भएको थियो । फुर्सदको समयमा नयाँ नयाँ खोज र अनुसन्धामा ध्यान दिने श्रेष्ठले भविष्यमा ईलेक्ट्रिक ई’न्जिनियर बन्ने लक्ष्य लिएको बताउनुभयो ।’धेरै पटक विफल भएँ, तर मनमा सक्छु भन्ने एक किसिमको अठोट र विश्वास थियो,’ गणेशले भने, ‘अन्ततः प्रयास, सोच र योजनामा सफल भएँ ।’

श्रेष्ठले निर्माण गरेको इलेक्ट्रिक बाइकको विद्यालय प’रिसरमा सयौं अभिभावक र विद्यार्थीका बीच गुडाएरै परीक्षण र प्र’र्दशनी समेत गरिएको थियो । विद्यालयका प्रिन्सिपल नवराज श्रेष्ठले विद्यालयका तर्फबाट केही प्रा’विधिक सामग्रीसहित निर्माण कार्यमा सहयोग गरेका थिए। । ‘

Leave a Reply