मोटरसाइकल र बोलेरो जिप एक अर्कामा ठोक्किँदा तीनजना घाईते भएका छन् । बेनी–गलेश्वर सडकखण्ड अन्तरगत रातोपहिरो नजिक मोटरसाइकल बोलेरोमा जीपमा ठोक्किँदा जिल्लामा रघुगंगा गाउँपालिका वडा नं ६ पाखापानीका तीनजना यूवा घाईते भएका छन् ।

बेनीबाट गलेश्वरतर्फ जादै गरेको मोटरसाईकलमा सवार पाखापानीका सन्तोष थजाली, अमर पाईजा र मनी पूर्जा घाईते भएका छन् । गलेश्वरतर्फबाट आउँदै गरेको ध १ च २३५ नम्बरको बोलेरो जिपलाई मोटरसाईकलले ठक्कर दिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घाईते मध्ये सन्तोष र अमरको अवस्था गम्भीर छ ।