म्याग्दी जेसिजद्धारा आयोजित अन्तरमावि नरेश मोवाईल १८ औँ जेसीज कप फुटवल प्रतियोगिता मंगलबार सम्पन्न खेलमा विभिन्न विद्यालयले विजय हासिल गरेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन न्यू वेस्ट पोइन्ट आवासीय माविले मालिका गाउँपालिका वडा नं ५ देविस्थानको गौ बमबस्त मावि देविस्थानलाई ० का विरुद्ध ८ गोल प्रहार गरेको थियो ।

प्रतियोगिताको न्यू वेष्ट पोइन्टका मनिश श्रेष्ठ एक्लैले ५ गोल गरेका थिए । प्रतियोगिताको दोस्रो खेलमा प्रकाश माविलाई केवी एकेडेमीको निर्धारित समयमा ४–४ गोल सँगै पेनाल्टी सुटआउटमा केवीले २ का बिरुद्ध ४ गोल प्रहार गरेको थियो । त्यस्तै तेस्रो खेलमा बेनी आवासीय माविले लिटल गार्डेन एकेडेमीलाई ०–५ गोल प्रहार गरेको थियो ।

उक्त खेलमा बेनी आवासीय माविका सन्तोष छन्त्यालले एक्लै ४ गोल प्रहार गरेका थिए । अर्को खेलमा जनप्रिय मावि दरबाङले दरबाङ ई. बोर्डिङलाई २ का बिरुद्ध ५ गोलले पराजित गरेको थियो भने अन्तिम खेलमा धौलागिरी आवासीयमाविले महेन्द्ररत्न माविलाई ०–३ गोलले पराजित गरेको प्रतियोगिताका प्रबक्ता विरेन्द्र श्रेष्ठले बताए । प्रतियोगितामा सदरमुकाम बाहिरको दरबाङस्थति केबी एकेडेमी र दरबाङकै जनप्रिय माविले निकै उत्कृष्ट खेल देखाउँदै प्रतियोगितामा उपाधीका लागि दाबेदारी प्रस्तुत गरेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलको अवसरमा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले जेसीज कपले जिल्लामा छुट्टै पहिचान बनाएको बताए । म्याग्दी जेसिजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ,म्याग्दी जेसीजका पुर्व अध्यक्ष विजयकुमार श्रेष्ठ,नारायण बराल लगाएतको उपस्थितीमा रहेको थियो। प्रतियोगितामा विजेतालई ट्रफि, मेडल, प्रमाण–पत्रसहित ५१ हजार र उपविजेतलाई ट्रफि, मेडल, प्रमाण–पत्रसहित ३१ हजार रुपैयाँ पुरस्कार रहेको छ। अनुशासित टिमलाई सात हजार ७७७ रुपैया रहेको छ।

त्यस्तै उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वा्िधक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र राईजिङ प्लेयर, उतकृष्ट कोचलाई २ हजार पाँच सय रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। प्रतियोगिताको टाईटल स्पोन्सर नरेश मोवाईल सेन्टर, मुख्य प्रायोजकमा सन्तोष श्रेष्ठ स्मृति कोष र प्रायोजकमा रारा हार्डवयर, रारा गुप्र र मिनबहादुर विश्वकर्मा स्मृति कोष रहेको छ । उद्घाटन खेलको सञ्चालन महासचिव सन्दिप खत्री, स्वागत संयोजक हरि भण्डारी र अध्यक्षता अध्यक्ष खम थापाले गरेका थिए ।