Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

मनिष र सन्तोष चम्किँदा वेष्ट पोइन्ट र बेनी आवासीयद्धारा गोलको बर्षा

म्याग्दी जेसिजद्धारा आयोजित अन्तरमावि नरेश मोवाईल १८ औँ जेसीज कप फुटवल प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन न्यू वेस्ट पोइन्ट आवासीय माविका मनिश श्रेष्ठले खेल सुरू भएको २ः३० मिनेटमै फ्रि–किकमा सानदरा गोल गदैं अग्रता लिए । मालिका गाउँपालिका–५, देविस्थानको गौ बमबस्त माविलाई ०–८ गोल गरेको न्यू वेष्ट पोइन्टले प्रतियोगितामा विभिन्न समयमा एक्लै पाँच गोल गरेका थिए । उनले प्रतियोगिताको उद्घाटन खेलमै उत्कृष्ट खेल प्रर्दशन गरे ।

खुलामञ्चमा विद्यालय, जिल्ला तथा खुल्लास्तरीय फुटबलमा ‘ए’ डिभिजनका खेलाडीहरुसँग समेत खेल्ने गरेका श्रेष्ठले उद्घाटन खेलैम गरेको गोलका कारण यसपटक पनि उनले सर्वाधिक गोलकर्ताको सूचीमा अग्रस्थानमा हुने करिव निश्चित छ । श्रेष्ठको फ्रि–किक तथा कर्नर किक हान्नका लागि विद्यालयस्त्रका खेलमा माहिर मानिन्छ ।

गतबर्षको सर्वाधिक गोलकर्ता समेत रहेका उनले प्रतियोगिता अवधिभर ९ गोल गरेका थिए । प्रतियोगिताका बाँकी खेलमा श्रेष्ठ चम्किन सकेमा गतबर्षभन्दा धेरै गोल आयोजकको रेकर्डमा हुने छ । श्रेष्ठजस्तै जेसीज कपको प पहिलो दिनको खेलमा बेनी आवासीय माविका सन्तोष छन्त्याल समेत चम्किए । जर्सी नं १० बाट मैदानमा उत्रिएका छन्त्यालको कुनैपनि खेलहरुलाई फुटलब खेलप्रेमीले निकै चासो पूर्वक हेर्छन् ।

छन्त्यालले लिर्टल गार्डेन एकेडेमी बिरुद्धको खेलमा खेलको २५, २७, २८, ४८ मिनटेमा गोल गरेका थिए । श्रेष्ठ र छन्त्यालले आफ्नो विद्यालयको गोल पोष्टमा एक गोल पनि विपक्षलाई दिएनन् । विद्यालयलाई अग्रता दिलाउने मात्रै नभई दुवै खेलाडीको खेलमा विद्यालयको नतिजा छ । न्यू वेष्ट पोइन्टलाई श्रेष्ठ र बेनी आवासीयलाई छन्त्यालको खेलले प्रतियोगितामा लम्कन सहज भएको छ । प्रतियोगितामा गोलका बर्षा गर्ने श्रेष्ठ र छन्त्यालले फराकिलो अन्तरले पराजित गदैं दोस्रो चरणमा प्रवेश गरेका छन् । दुवै खेलाडी म्याद अफ द म्याच समेत घोषित भएका थिए ।

प्रतियोगितामा विजेतालई ट्रफि, मेडल, प्रमाण–पत्रसहित ५१ हजार र उपविजेतलाई ट्रफि, मेडल, प्रमाण–पत्रसहित ३१ हजार रुपैयाँ पुरस्कार रहेको छ। अनुशासित टिमलाई सात हजार ७७७ रुपैया रहेको छ। त्यस्तै उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वा्िधक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र राईजिङ प्लेयर, उतकृष्ट कोचलाई २ हजार पाँच सय रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताको टाईटल स्पोन्सर नरेश मोवाईल सेन्टर, मुख्य प्रायोजकमा सन्तोष श्रेष्ठ स्मृति कोष रहेको छ ।

Exit mobile version