म्याग्दीको बेनी नगरपालिका वडा नं ७ मा अवस्थित मंगलाघाट बजार । कुनैबेला पश्चिम म्याग्दीका लागि मंगलाघाट ब्यापारिक केन्द्रको रुपमा समेत चिनिन्थ्यो । सडक सञ्जाल विस्तार भएपछि तल्लो मंगलाघाट बजारमा ब्यापारिक चहलपहल ह्वात्तै घट्यो । मंगलाघाट र हाँडेभिर जोड्ने म्याग्दी खोलाको पुरानो झोलुङ्गे पुल अहिले पनि प्रयोगमा छ ।

वि.स. १९४४ सालमा स्थानीय प्रविधि र स्रोत साधनमार्फत बागलुङ गलकोटका लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम प्रयोग गरेर रुम गाउँका स्थानीय मार्फत उक्त पुल निर्माण गरेका थिए । यहाँको प्रमुख आर्कषण नै पुल रहेको छ । एक सय ३३ वर्ष पहिले निर्माण गरिएको बाट अहिले पनि ओहोरदोहोर गर्ने गर्दछन् । तस्वीर सौजन्य छवि आचार्य

विज्ञापन