प्रधानमन्त्री केपी शर्मा ओलीले १२ वर्षअघि मिर्गाला प्रत्यारोपण गराएका हुन् । तर, सो मिर्गाैलाले पनि अब काम गर्न छाडेकाले पुनः मिर्गौला प्रत्यारोपण गर्ने तयारी भइरहेको छ । अहिले अस्थायी रूपमा उनले डायलाइसिस गराइरहेका छन् । तर, मिर्गौला र प्रधानमन्त्रीलाई अहिले भएको समस्याका बीचमा कुनै साइनो नभएको डाक्टरहरूको भनाइ छ ।
‘एपेन्डिसाइटिस वा पेरिटोनाइटिस अचानक जो सुकैलाई पनि हुन सक्छ । सबै अंग स्वस्थ भएका व्यक्तिलाई नि यो समस्या हुन सक्छ । त्यसैले उहाँको मिर्गौलाको रोग र अहिलेको समस्याबीचमा कुनै सम्बन्ध छैन,’ उनका एक डाक्टरले भने । नयाँ पत्रिकामा खबर छ ।