बेनी नगरपालिका–८, जलेश्वरमा मंगलबार भएको सवारी दुर्घटनामा परि गम्भिर घाइतेमध्ये एक यूवाको उपचारको क्रममा मृत्यु भएको छ । भिआर मोटरसाइकल र बोलेरो जीप एकआपसमा ठोक्किँदा रघुगंगा गाउँपालिका–६ पाखापानीका २५ बर्षिय सन्तोष थजालीको पोखरा स्थित मणिपाल अस्पतालमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको म्याग्दी प्रहरीले जनाएको छ ।

म्याग्दीको सदरमुकाम बेनीबाट गलेश्वर तर्फ जाँदै गरेको ध १ प ३५४९ नम्बरको भिआर मोटरसाइकल र गलेश्वरबाट बेनी जाँदै गरेको ध १ च २३५ नम्बरको बोलेरो र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । गम्भिर घाइते भएका सन्तोष थजाली र २५ बर्षिय अमर पाईजालाई थप उपचारको लागि सिम्रीक एयरको हेलिकप्टर मार्फत मंगलबार बेलुका पोखरा लगिएकोमा थजालीको राती करिव १० बजे मृत्यु भएको जनाइएकोछ ।

मृतक थजालीले मोटरसाइकल चलाइरहेका थिए । उनका अनुसार २५ बर्षिय पाईजाको मणिपाल अस्पतालमा उपचार भईरहेको छ । बोलेरो जिपसंग ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकलमा सवार तीनै जना घाइते भएका थिए । समान्य घाईते २० बर्षिय मनि पूर्जाको बेनी अस्पतालमै उपचार भइरहेको छ । बोलेरो जीप चालक प्रहरी नियन्त्रणमा छन् ।

गम्भीर घाईते २५ बर्षिय अमर पाईजाको उपचारको क्रममा बेनी अस्पतालमा । उनको पनि पोखरामा उपचार भइरहेको छ र अवस्था गम्भीर छ ।

विज्ञापन