म्याग्दीका एक फर्निचरका मिस्त्रीले काठ चिर्न प्रयोग हुने मेसिन बनाएका छन् । बेनी नगरपालिका-८ शिक्षा मार्गमा अवस्थित बालचन्द्र फर्निचरका मुख्य मिस्त्री दिपेन्द्र पण्डितले काठ चिर्ने मेसिन बनाएका हुन् । खेर गएको ट्याक्सीको डिक्स, अन्य मेसिनका औजार, फलामको प्रयोग गरी १ लाख ३० हजारमा उक्त मेसिन बनाएका हुन् ।

पर्सा जिल्ला घर भएका पण्डितले करिव दुईसातामा उक्त मेसिन बनाएको बताए । ‘काठ चिर्ने मेसिन भारतबाट ल्याउनुपर्छ,‘पहिलो मेसिनबाटै काठ चिर्ने काम भएको छ’ पण्डितले भने । उनका अनुसार मेसिनमा प्रयोग भएका फलाम, मोटर, नटबाहेक अन्य प्रयोगविहिन भएका उपकरणको प्रयोग गरिएको बताए । उनले उक्त मेसिनलाई भारतबाट खरिद गर्दा ६ लाखसम्म लाग्ने बताए ।

करिव १३ फिटको मेसिनमा प्रयोग हुने आरा काठ भएकै स्थानमा पुग्ने गरी मेसिन बनाइएको छ । सानो–ठूलो साइजका काठहरुलाई सजिलै चिर्र्न सक्ने भएकाले पनि भविस्यमा नयाँ मेसिनहरुमा पहिलोपटक देखिएका समस्याहरुलाई समाधान गर्ने बताए ।

अहिलेसम्म मेसिन भएकै ठाउँमा काठ लैजानुपर्ने पर्ने भएपनि यो मेसिनलाई सजिलै आवश्यकता परेको स्थानमै लगेर काठ चिर्न सकिने फर्निचरका सञ्चालिका कमला सुबेदीले बताईन् ।‘फर्निचरमै काठ काट्ने मेसिन बनेपछि उत्साहित छौ,‘मिस्त्रीको क्षमतालाई सम्मान गदैं थप प्रोत्साहन गरिन्छ’ सुबेदीले भनिन् । फर्निचरमा भारतबाट काठ चिर्न प्रयोग हुने चिरान मेसिन, खराद मेसिन, साईजर, कम्प्रेसर, कटरको प्रयोग गरिन्छ ।

विज्ञापन