म्याग्दी जेसिजद्धारा आयोजित अन्तरमावि नरेश मोवाईल १८ औँ जेसीज कप फुटवल प्रतियोगितको दोस्रो दिनको खेलमा विभिन्न विद्यालय क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बुधबार सम्पन्न भएको खेलमा बुद्ध एकेडेमीले महादेव मावि बेगलाई ० का विरुद्ध ६ गोल प्रहार गरेको छ । बुद्धका निराजन पुनले एक्लै ४ गोल हानेका थिए । दोस्रो खेलमा बेनी सामुदायिक माविले बालमन्दिर आधारभुत विद्यालयलाई १–८ गोलको फराकिलो अन्तरले विजय भएको छ । खेलमा बेनी सामुदायिकका विजय छन्त्याल र दामोदर जिसीले ३–३ गोल प्रहार गरे ।

जिल्लाभित्र रहेका सामुदायिक विद्यालय अन्तरगत बालमन्दिर आधारभुत विद्यालयले पछिल्ला केहीबर्ष यता निरन्तर प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ। तेस्रो खेलमा धौलागिरी मावि सिंगा र भिम मावि देविस्थान बिच भएको खेल १–१ को बराबरी पछिको पेनाल्टी सुटआउटमा भिम माविले ४ का बिरुद्ध ५ गोल प्रहार गरेको थियो । बुधबार नै सम्पन्न भएको अर्को खेलमा बुद्ध एकेडेमीले माउण्ट एभरेष्ट आवासीय माविलाई ० का बिरुद्ध १ गोल प्रहार गरेको थियो ।

निकै प्रतिस्पर्धात्मक खेलमा बुद्धले १ गोल गरेपछि उपाधीको दाबेदार मानिएको माउण्ट बाहिरिएको थियो । बुद्धले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । अन्तिम खेलमा म्याग्दी एकेडेमी र गलेश्वर आर्दश मावि बिच भएको खेलमा निर्धारित समयमा १–१ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा म्याग्दी एकेडेमीले ४ का बिरुद्ध ५ गोल गदैं प्रतियोगितामा आफ्नो विजय यात्रालाई निरन्तरता दिएको छ ।

७ विद्यालय क्वाटरफाइनलमा प्रवेश
जारी जेसीज कपमा डिफेन्डिङ च्याम्पियन न्यू वेस्ट पोइन्ट आवासीय, भिम मावि देविस्थान, बेनी आवासीय मावि, म्याग्दी एकेडेमी, केबी एकेडेमी दरबाङ, बुद्ध एकेडेमी, जनप्रिय मावि दरबाङ क्वाटरफाइनलमा प्रवेश गरेको छ । बेनी सामुदायिक मावि र लोकदिप आवासीय मावि बिच हुने खेल बिहिबार विहान हुने छ ।

क्वाटरफाइनलका खेल निकै प्रतिस्पर्धात्मक हुने निश्चित छ।प्रतियोगितामा सदरमुकामा बाहिरबाट सहभागि विद्यालयले कडा टक्कर दिएका छन् । समुह ‘क’ बाट क्वाटरफाइनलमा वेष्ट पोइन्ट आवासीय मावि र भिम मावि देविस्थान बिचको खेल हुने छ । निरन्तर अभ्यास गरिरहेको मैदान, राष्ट्रियस्तरका खेलाडीहरुसँग समेत खेलेका केही खेलाडी न्यू वेष्ट पोइन्टमा छन् भने भिम मावि देविस्थानपनि यसपटकको खेलमा तयारी साथ मैदानमा उत्रिएको देखिन्छ ।

सदरमुकाम बेनीपछि सबैभन्दा धेरै धनराशीको फुटबल प्रतियोगिता हुने देविस्थान भएकाले पनि त्यहाँ अन्य वडाको तुलनामा भलिबल खेलजस्तै फुटबलले समेत प्राथमिकता पाउने गरेको अवस्थामा वेष्ट पोइन्टका केही खेलाडीहरुलाई रोक्न सक्ने रणनीति बनाए खेल प्रतिस्पर्धात्मक नै हुने छ । त्यस्तै सोही समुहबाट बेनी आवासीय मावि र म्याग्दी एकेडेमी भिड्ने छन् ।

समुह ‘ख’ बाट केबी एकेडेमी र बुद्ध एकेडेमी भिड्ने छन् भने अर्को खेलमा जनप्रिय माविसँग बेनी सामुदायिक र लोकदिप आवासीय मावि बिच हुने खेलबाट जित्नेले खेल्ने जेसीज कप प्रतियोगिताका प्रबक्ता बिरेन्द्र श्रेष्ठले बेनीअनलाइनलाई बताए । प्रतियोगितामा विजेतालई ट्रफि, मेडल, प्रमाण–पत्रसहित ५१ हजार र उपविजेतलाई ट्रफि, मेडल, प्रमाण–पत्रसहित ३१ हजार रुपैयाँ पुरस्कार रहेको छ। अनुशासित टिमलाई सात हजार ७७७ रुपैया रहेको छ।

त्यस्तै उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वा्िधक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र राईजिङ प्लेयर, उतकृष्ट कोचलाई २ हजार पाँच सय रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका मुल संयोजक हरि भण्डारीले बताए । प्रतियोगिताको टाईटल स्पोन्सर नरेश मोवाईल सेन्टर, मुख्य प्रायोजकमा सन्तोष श्रेष्ठ स्मृति कोष र प्रायोजकमा रारा हार्डवयर, रारा गुप्र र मिनबहादुर विश्वकर्मा स्मृति कोष रहेको छ । प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो ।

विज्ञापन