म्याग्दीकी अरुणा शाहीले नेतृत्व गरेको नेपाली महिला भलिबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुदमासानदार जीत निकाल्दै सुखद सुरुवात गरेको छ । नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै सुखद सुरुवात गरेको हो ।नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आजदेखि भलिबलका खेलहरु सुरु भएका छन् ।साग खेलकुदको औपचारिक उद्घाटन हुनु चार दिन अगाडि नै साग अन्तर्गतको पुरुष र महिलाको प्रतिस्पर्धा सुरु भएको हो ।

दशरथ रंगशालामा भएको भलिबल खेलमा नेपालको महिला टिमले बंगलादेशसँग एकतर्फी रूपमा उत्कृष्ट प्रतिस्पर्धा गर्दै ३–० को सेटमा जीत निकाल्दै सागमा सुखद शुरुवात गरेको छ । नेपालले पहिलो सेट २५(९ ले जित निकाल्दा दोस्रो सेट पनि २५(९ अंकमा पराजित र्गयो । त्यसै अन्तिम अर्थात तेस्रो सेटमा २५(११ अंकले पराजित गरेको थियोे ।

यसैगरी आजै पुरुषतर्फ पनि नेपालले साझ ७ बजे बंगलादेशसँग त्रिपुरेश्वस्थित राखेप कभर्डहलमा प्रतिस्पर्धा गर्ने भएको छ ।नेपालले दुई साता अघि बंगलादेशमा सम्पन्न प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपमा ३–० को सोझो सेटमा पराजीत गरेको थियो । सोही जीतलाई नेपाली महिला भलिबल टोली निरन्तरता राखेको छ ।अब नेपाली महिला टोलीले भोलि भारतसँग प्रतिस्पर्धा गर्नेछ । महिला भलिबलमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा भारत र बंगलादेश छन् । भारत स्वर्णको दाबेदार हो ।नेपालले पनि स्वर्ण जित्ने लक्ष्य राखेको छ ।

आजै माल्दिभ्स पाकिस्तानबीच खेल हुनेछ । बिहीबार भारत र नेपाल तथा श्रीलंका र पाकिस्तानबीच खेल हुनेछ ।शुक्रबार भारत बंगलादेश तथा श्रीलंका र माल्दिभ्सबीच खेल हुनेछ । शनिबार सेमिफाइनल, सोमबार तेस्रो स्थानको लागि तथा मगलबार स्वर्णको लागि प्रतिस्पर्धा हुनेछ । महिला भलिबलमा पाकिस्तान नआउने भएपछि वाकओभर पाउने सम्भावना छ ।

पुरुष भलिबलमा नेपाल, भारत र बंगलादेश एकै समूह ‘ए’ मा रहेको छ । समूह ‘बी’ मा पाकिस्तान, श्रीलंका र माल्दिभ्स रहेका छन् । पुरुष भलिबलमा पनि भारत स्वर्णको दावेदार टोली हो । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।दोस्रो दिन पाकिस्तान र माल्दिभ्स र तथा भारत र बंगलादेशबीच खेल हुनेछ । तेस्रो दिन भारत र नेपाल तथा श्रीलंका र माल्दिभ्सबीच खेल हुनेछ ।शनिबार श्रीलंका र पाकिस्तनबीच खेल हुनेछ । प्रतियोगिता अन्तर्गत आइतबार सेमिफाइनलका दुवै खेल हुनेछ । सोमबार तेस्रो स्थानको लागि तथा मंगलबार स्वर्णपदकको लागि खेल हुनेछ ।

विज्ञापन