बेनी नगरपालिका वडा नं ८ बालमन्दिर आधारभुत विद्यालयका क्याप्टेन सनम विकले जेसीज कपमा सेन्टरबाटै हानेको प्रहार गोलमा परिणत भयो । म्याग्दी जेसिजद्धारा आयोजित अन्तरमावि नरेश मोवाईल १८ औँ जेसीज कप फुटवल प्रतियोगितामा बेनी सामुदायिक माविसँगको प्रतिस्पर्धामा फराकिलो अन्तरले पराजित भएपनि विकको गोल प्रतियोगितामै उत्कृष्ट मध्ये एक हुने निश्चित छ ।

उनले सेन्टरबाटै प्रहार गरेको गोलले गोलपोष्टको जाली जुमाएको दृष्य हेर्नेले सनमको खेलको चर्चा गरिरहेका छन् । विद्यालयमा कक्षा ५ मा अध्ययरत १४ बर्षिया विकको टोलीले ८ गोलको बिरुद्ध १ गोल मात्रै फर्काउन सफल भयो । प्रतियोगितामा विक म्यान अफ द म्याज घोषित मात्रै भएनन् । खेलमा उनको विद्यालय पराजित भएपनि उत्कृष्ट खेलको प्रशंसा गरेका थिए ।

मैदान बाहिरबाट सनमको नाम लिएर चिच्याइरहेका विद्यार्थीहरुले समेत उनलाई थप हौसला दिएको थियो । गतबर्ष कक्षा ४ मा अध्ययरत विकले माध्यामिक तहका खेलाडीसँग निकै टक्कर दिएका दिए ।बललाई कट गर्दै अगाडि लैजाने,ट्याक्टिसमा अब्बल बिकलाई खेल सकिएपछि सबैले धन्यवाद दिएका थिए ।

गतबर्ष र यसबर्ष प्रतियोगितामा बालमन्दिरले कुनै खेल जित्न नसके पनि बालमन्दिरका खेलाडीको खेलले भने सबैको मन जित्यो। उपाधीबाट टाढै रहेको बालमन्दिरका खेलाडीले आधारभुत तहको शिक्षापछि प्रवेश गर्ने विद्यालयबाट जेसीज कपमै चम्किने मैदानभित्रको खेलबाटै प्रष्ट देखिन्छ । माविस्तरका अग्ला खेलाडीसँग प्राथमिक तहका खेलाडीहरुको प्रतिस्पर्धालाई गोलअन्तर भन्दा खेलमा खेलाडीको खेललाई दर्शकले रुचाएका थिए।

आयोजकले माध्यामिक तहलाई पत्रचार गर्दा आफ्नो चासो देखाउँदै आधारभुत तहबाटै प्रतियोगितामा सहभागी हुन थालेको बालमन्दिरका खेलाडीले गतबर्षजस्तै यसबर्ष पनि प्रतियोगितामा आफ्नो उचाईलाई कायम राख्दै घर फर्किए। विद्यालयका पूर्व शिक्षक गणेश केसीले विद्यार्थीको फुटबल खेलमा रुची रहेको बताए ।विद्यालय नजिते पनि खेलाडीले प्रतियोगितामा आफ्नो खेल देखाएर खेलमार्फत दर्शकको मन जितेको बताए । विद्यालयका शिक्षक सुमन क्षेत्रीले समेत क्याप्टेन सनमको खेल निकै उत्कृष्ट भएकाले शारीरिक रुपमा बलियो नभएपनि खेलमा सहभागी भएको बताए ।

‘विद्यालयले कुनैदिन उत्कृष्ट खेल देखाउने छ,‘उपाधीको दावेदार हुने छ’ उनले भने। उनका अनुसार सनमको बडी मुभमेन्ट, ट्याकलिङ पक्ष राम्रो भएकाले दर्शकले खेल मनपराएको बताए । उनले विद्यार्थीलाई शिक्षासँगै खेलकुदमा समेत प्राथमिकता दिने बताए । प्रतियोगितामा म्याग्दीका २० विद्यालयले सहभागिता जनाएकोमा बालमन्दिर मात्रै आधारभुत तहको विद्यालय हो ।

 

 

विज्ञापन