म्याग्दी जेसिजद्धारा आयोजित अन्तरमावि नरेश मोवाईल १८ औँ जेसीज कप फुटवल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन न्यू वेस्ट पोइन्ट आवासीयले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । बिहिबार सम्पन्न क्वाटरफाइनल खेलमा भिम मावि देविस्थानलाई ०–७ गोल प्रहार गदैं सेमिफाइनलको यात्रा तय गरेको छ । प्रतियोगिताको दोस्रो खेलमा न्यू वेष्ट पोइन्टले भिम माविलाई लगातार आफ्नो दवावमा राखेको थियो ।

खेलमा मनिष श्रेष्ठ सहितका खेलाडीले गोल गरेका थिए । प्रयोगितामा प्रि क्वाटरफाइनलको खेलमा बेनी सामुदायिक माविले लोकदिप आवासीय माविलाई ० का बिरुद्ध ५ गोल प्रहार गदैं क्वाटरफाइनलमा प्रवेश गरेको थियो । अर्को खेलमा बेनी आवासीय माविले म्याग्दी एकेडेमीलाई ०–३ गोल, केवी एकेडेमीलाई बुद्ध एकेडेमीले ०–१ गोल गरेको थियो । बेनी सामुदायिक माविले जनप्रिय मावि दरबाङलाई २–४ गोल प्रहार गरेको प्रतियोगिताका प्रबक्ता विरेन्द्र श्रेष्ठले बेनीअनलाइनलाई बताए ।

प्रतियोगितामा निकै प्रतिस्पर्धात्मक खेलहरुले दर्शकलाई आर्कषित गरेको थियो । सदरमुकाम बेनी बाहिरका विद्यालयको खेल यात्रा सेमिफाइनलमै रोकिएको छ । प्रतियोगितामा उपाधीको सम्भावनाको आँकलन गरिएको जनप्रिय मावि र केवी एकेडेमी दरबाङ समेत बाहिरिए । सेमिफाइनलमा बेनी सामुदायिक मावि र न्यू वेष्ट पोइन्ट आवासीय मावि, बुद्ध एकेडेमी र बेनी सामुदायिक मावि बिचको खेल हुने छ ।

सेमिफाइनलको खेल निकै रोचक हुने निश्चित छ । हालसम्म पाँचवटक जेसीज कपको विजेता बेनी आवासीय र ३ पटकको विजेता वेष्ट पोइन्ट बीचको खेललाई धेरैले चासो पूर्वक हरेका छन् । त्यस्तै बेनी सामुदायिक मावि र बुद्ध एकेडेमी बीचको खेल समेत रोचक हुने छ । बेनी सामुदायिक र बुद्ध मध्ये जसले जिते पनि जेसीज कपमा पहिलोपटक फाइनलको यात्रा तय गर्ने छन् ।

विज्ञापन