डिफेन्डिङ च्याम्पियन न्यू वेस्ट पोइन्ट आवासीयले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । म्याग्दी जेसिजद्धारा आयोजित अन्तरमावि नरेश मोवाईल १८ औँ जेसीज कप फुटवल प्रतियोगिताको शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा बेनी आवासीय माविलाई ०–५ गोल प्रहार गदैं फाइनलमा प्रवेश गरेको छ ।

निकै प्रतिस्पर्धात्मक अनुमान गरिएको खेलको सुरुवातमै वेष्ट पोइन्टले सुन्दर अवसरलाई गोलमा परिणत गर्न सकेन । त्यसको केही समयलगत्तै बेनी आवासीय माविले समेत सुन्दर अवसर प्राप्त गरेपनि सदुपयोग गर्न नसकेपनि खेलको पहिलो हाफमा २ गोलले न्यू वेष्ट पोइन्टले अग्रता लिएको थियो ।त्यस्तै प्रतियोगिताको दोस्रो हाफमा ३ गोल प्रहार गदैं सेमिफाइनलमा न्यु वेष्ट पोइन्ट आवासीय माविले सानदार खेल प्रर्दशन गरेको छ ।

प्रतियोगितामा न्यू वेष्ट पोइन्टका क्याप्टेन मनिश श्रेष्ठले ३ गोल प्रहार गरे भने आदित्य विक र सन्तोष घर्तीले १–१ गोल गरेका थिए । खेलमा मनिषको सेमिफाइनलसम्म ९ गोल पुगेको छ। उनी प्रतियोगिताका सर्वाधिक गोलकर्ता बन्ने करिव निश्चित जस्तै छ । खेलमा बेनी आवासीयका खेलाडीको रणनीतिले काम गर्न सकेनन् । खेलाडीमा तालमेलको अभाव, कोचसँगको निरन्तर हुनुपर्ने सम्पर्क तथा दुईतीन खेलाडीमै निर्भरताको कारणले समेत सोचेजस्तो खेल देखाउन सकेनन् ।

न्यू वेष्ट पोइन्टले सेमिफाइनलमा बेनी सामुदायिक र बुद्ध एकेडेमी बीचको खेलबाट जित्नेसँग फाइनलमा भिड्ने छ। न्यू वेष्ट पोइन्टले यो प्रतियोगिता जितेमा जेसीज कपको मुख्य ट्रफीलाई सधैका लागि विद्यालयमा लैजाने छ । प्रतियोगितामा विजेतालई ट्रफि, मेडल, प्रमाण–पत्रसहित ५१ हजार र उपविजेतलाई ट्रफि, मेडल, प्रमाण–पत्रसहित ३१ हजार रुपैयाँ पुरस्कार रहेको छ।

अनुशासित टिमलाई सात हजार ७७७ रुपैया रहेको छ। त्यस्तै उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वा्िधक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र राईजिङ प्लेयर, उतकृष्ट कोचलाई २ हजार पाँच सय रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक हरि भण्डारीले बताए । प्रतियोगिताको टाईटल स्पोन्सर नरेश मोवाईल सेन्टर, मुख्य प्रायोजकमा सन्तोष श्रेष्ठ स्मृति कोष र प्रायोजकमा रारा हार्डवयर, रारा गुप्र र मिनबहादुर विश्वकर्मा स्मृति कोष रहेको छ ।