बेपत्ता भएको ८ दिनपछि म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेका ७९ बर्षका हिरामान छन्त्याल भेटिएका छन् । पेन्सन लिन गाउँबाट बेनी आएका छन्त्याल बेनी नगरपालिका–६, छापामा फेला परेका हुन् ।आफ्ना छोरा फमान छन्त्यालसँगै पेन्सन लिन सदरमुकाम बेनी आएका छन्त्याल गत बिहिबार दिउँसो तीन बजे क्याम्पसचोकबाट बेपत्ता भएका थिए ।

छापाको जङ्गल छेउको खेतमा फेला पारेको कुईनेमंगलेका वडा अध्यक्ष गमान छन्त्यालले बताए ।‘सबै तिर उहाँको खोजीकार्यलाई तिब्रता दिइएको थियो,‘मानसिक रुपमा कमजोर हु्नुहुन्छ’ छन्त्यालले भने । उनले छोरालाई खोज्न भन्दै आफन्तको घरबाट निस्किएपछि सम्पर्कविहिन भएको बताए ।

कुइनेमंगलेबाट आफ्नो छोरा फमान छन्त्याल संग पेन्सन बुझ्नका लागी बेनी आएका थिए ।क्याम्पसचोक दाईको घरमा बसेका उनी छोरा फमान कपाल फाल्न बाहिर निस्केको समयमा छोरालाई खोज्न बाहिर निस्कीएपछि केहीबेरमै सम्पर्कविहिन भएका थिए । हुलाकचोक हुदै विरन्द्रचोकबाट उनी सडकमार्ग हुदै छाप पुगेको अनुमान गरिएको छ । बृद्धको स्वास्थ्य चोकजाँच गरिने जनाइएको छ ।

विज्ञापन