जेसीज कपमा पहिलोपटक बुद्ध एकेडेमी फाइनलमा प्रवेश गरेको छ । म्याग्दी जेसिजद्धारा आयोजित अन्तरमावि नरेश मोवाईल १८ औँ जेसीज कप फुटवल प्रतियोगिताको शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा बेनी आवासीय माविलाई १–२ गोल प्रहार गदैं फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक भएपनि दोस्रो हाफमा रक्षात्मक खेलमा चुक्दा बेनी सामुदायिक माविले फाइनलमा प्रवेश गर्ने अवसर चुकायो भने बुद्ध एकेडेमीले पहिलोपटक फाइनलको यात्रा तय गरेको छ ।

बुद्धको भेट न्यू वेस्ट पोइन्ट आवासीयसँग हुने छ । खेलमा बुद्ध एकेडेमीका दिपेश पुन, रोविन तामाङले गोल गरे भने बेनी सामुदायिकबाट विजय छिनालले गोल गरेका थिए । रोविनको गोल नै बुद्धलाई फाइनलमा पु¥याउन सफल भएको छ । फाइनल खेल शनिबार हुने आयोजकले जनाएको छ ।