म्याग्दी जेसिजद्धारा आयोजित अन्तरमावि नरेश मोवाईल १८ औँ जेसीज कप फुटवल प्रतियोगिताको फाइनलमा न्यू वेस्ट पोइन्ट आवासीय मावि र बुद्ध एकेडेमी बगरफाँट प्रवेश गरेका छन् । शुक्रबार सम्पन्न खेलमा बेनी आवासीय माविलाई ०–५ गोल प्रहार गदैं फाइनलमा प्रवेश गरेको थियो ।

निकै प्रतिस्पर्धात्मक अनुमान गरिएको खेलको सुरुवातमै वेष्ट पोइन्टले सुन्दर अवसरलाई गोलमा परिणत गर्न सकेन । त्यस्तै प्रतियोगिताको दोस्रो हाफमा ३ गोल प्रहार गदैं सेमिफाइनलमा न्यु वेष्ट पोइन्ट आवासीय माविले सानदार खेल प्रर्दशन गरेको छ । प्रतियोगितामा न्यू वेष्ट पोइन्टका क्याप्टेन मनिश श्रेष्ठले ३ गोल प्रहार गरे भने आदित्य विक र सन्तोष घर्तीले १–१ गोल गरेका थिए ।

त्यस्तै अर्को खेलमा बुद्ध एकेडेमीले बेनी आवासीय माविलाई १–२ गोल प्रहार गदैं फाइनलमा प्रवेश गरेको थियो। प्रतियोगिताको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक भएपनि दोस्रो हाफमा रक्षात्मक खेलमा चुक्दा बेनी सामुदायिक माविले फाइनलमा प्रवेश गर्ने अवसर चुकायो । बुद्धले डिफेन्डिङ च्याम्पियन न्यू वेस्ट पोइन्ट आवासीयको सामना गर्ने छ ।

न्यू वेष्ट पोइन्टले यो प्रतियोगिता जितेमा जेसीज कपको मुख्य ट्रफीलाई सधैका लागि कब्जा गर्ने छ भने बुद्धले जेसीज कप विजेताको उपाधी जित्ने विद्यालयको सूचीमा आफ्नो विद्यालयको नाम इन्ट्री गर्ने छ । प्रतियोगितामा विजेतालई ट्रफि, मेडल, प्रमाण–पत्रसहित ५१ हजार र उपविजेतलाई ट्रफि, मेडल, प्रमाण–पत्रसहित ३१ हजार रुपैयाँ पुरस्कार रहेको छ। अनुशासित टिमलाई सात हजार ७७७ रुपैया रहेको छ।

त्यस्तै उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वा्िधक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र राईजिङ प्लेयर, उतकृष्ट कोचलाई २ हजार पाँच सय रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक हरि भण्डारीले बताए । प्रतियोगिताको टाईटल स्पोन्सर नरेश मोवाईल सेन्टर, मुख्य प्रायोजकमा सन्तोष श्रेष्ठ स्मृति कोष र प्रायोजकमा रारा हार्डवयर, रारा गुप्र र मिनबहादुर विश्वकर्मा स्मृति कोष रहेको छ ।

विज्ञापन