शनिबार बेनीबाट पोखरा जाँदै हुनुहुन्छ ? एकपटक उपनिर्वाचनमा सवारीसाधन चल्ने तालिका हेरेर जानुहोला । उपनिर्वाचनको दिन पोखरामा सवारी साधन नचलाउन आह्वान गरिएको छ। प्रशासनले १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यानमा राखी १३ गते राति १२ बजेदेखि नै पोखरामा सवारी साधन आवत(जावतमा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले चुनावी प्रयोजनको लागि प्रशासनबाट अनुमति लिएका सवारीबाहेक अरु सवारी चल्न रोक लगाएको हो। सवारी बन्द गर्न प्रशासनले सार्वजनिक सूचना नै जारी गरेको हो। म्याग्दीको सदरमुकाम बेनीहुदै जाने सवारीसाधन उक्त दिन कालिमाटी खोलामा रोकिने छन् । निर्वाचन क्षेत्र भएर अर्को जिल्लामा आवतजावत गर्ने सवारी साधनलाई भने प्रत्येक ३.३ घन्टामा स्कर्टिङ गरी बीचमा कुनै पनि यात्रु झर्ने र चढाउन नपाउने गरी आवत(जावत गराउने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ।

पूर्वमा कोत्रेखोला पुल (तनहुँ सिमाना, पृथ्वी राजमार्ग), पश्चिम उत्तरमा नयाँपुल (पोखरा (बाग्लुङ मध्यपहाडी राजमार्ग, पर्वत सिमाना) र दक्षिण पश्चिममा भकुण्डे (सिद्धार्थ राजमार्ग, स्याङजा सिमाना) कालीमाटी खोलामा सावरी साधन रोकिनेछन्। रोकिएका सवारी साधनलाई प्रहरीले प्रत्येक ३÷३ घन्टामा स्कर्टिङ गरी सिमाना कटाउने सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए।

एम्बुलेन्स, शवबाहन, दमकल, खानेपानी ट्यांकर, दूरसञ्चार, विद्युत र अस्पताल सेवाका सवारी भने निर्वाध चल्ने प्रशासनले जनाएको छ। त्यस्तै निर्वाचन क्षेत्र कास्की २ हुँदै कास्की बाहेकका जिल्लामा जाने सवारीलाई भने तीनरतीन घण्टामा पालै पालो गरेर आवतजावत गर्ने व्यवस्था मिलाइएको छ। स्थानीयस्तरमा सञ्चालन हुने सवारी साधनलाई भने उक्त दिन सञ्चालनमा पूरै रोक लगाइएको छ। उपनिर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि यस्तो व्यवस्था गरिएको प्रशासनले जनाएको छ। मतदान समाप्त नहुँदासम्मको अवधिमा अपरिचित व्यक्तिको प्रवेश, अस्वाभाविक व्यवहार र शंकास्पद गतिविधि भएमा प्रहरीलाई खबर गर्न प्रशासनले भनेको छ।

विज्ञापन