रोजगारीको सिलसिलामा साउदी अरवको जेलमा पुगेका एक म्याग्देली साथीहरुकालाई जोगाउन खोज्दा जेलमा परेपछि घर फिर्ती अभियानलाई म्याग्देलीले तिब्रता दिएका छन् । मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरेको घर फिर्ती अभियानमा शुक्रबार सदरमुकाम बेनीमा आर्थिक संकलन गरिएको छ ।

बेनीका अभियानको नेतृत्व गरेका किरण न्यौपानेको अगुवाईमा बेनीबजारभित्र ६३ हजार ६७१ रुपैयाँ आर्थिक संकलन गरिएको अभियानमा संलग्न लोकदिप बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक नेत्रराज सुबेदीले बताए । उनका अनुसार बेनीबजाभित्रबाट संकलन गरिएको आर्थिकलाई निउरे फिर्ती अभियानमा ब्लड मनीमा खर्च गर्ने गरी परिवारलाई हस्तान्तरण गरिएको छ ।

अभियान अन्तरगत बेनीमा संयोजन गरेका न्यौपानेले आर्थिक संकलन अभियानलाई थप तिब्रता दिने बताए । उनका अनुसार सबै म्याग्देलीको सक्रियमा आवश्यक आर्थिक जुटाएर कानुनी प्रक्रियामार्फत नेपाल फिर्तीको पहल गर्न सकिने बताए । हत्याको आरोपमा ६ बर्षदेखि साउदी जेलमा रहेका निउरेको घर फिर्ती अभियानलाई आवश्यक पर्ने आर्थिक जुटाउन स्वदेश तथा विदेशमा रहेका म्याग्देलीले सक्रितया देखाएका छन् ।

जेलमा रहेका निउरेलाई आवश्यक पर्ने ब्लड मनीको जोहो गर्ने विश्वभर आर्थिकस सहयोग अपिलका बारेमा पहिलो समाचार बेनीअनलाइनले प्रकाशित गरेको थियो । २०६८ साल जेठ २ गते साउदी अरबमा पुगेका निउरे मोरङ जिल्लाका कमल वस्तीको हत्याको आरोपमा तोकिएको पाँचबर्षे सजायको कैद भुक्तान गरेपनि आवश्यक कागजात र मृतकका आफन्तले माग गरेको ब्लड मनी (क्षतीपूर्ति) तिर्न नसक्दा जेलभित्रै रहेका छन् ।

मृतकका परिवारले २० देखि ३० लाखनेपाली क्षर्तीपुर्ती माग गरेका छन् । पछिल्लो समय काठमाण्डौमा ब्यवसायी बलभद्र ढकालले संयोजन गरेका छन् । उनले खोजीकार्यका लागी मन्त्रालयबाट पत्रचार सहित ३० लाख माग दावी गरिएको दावीलाई घटाउन समेत मृतकका परिवारसँग निरन्तर छलफलमा रहेको बताए ।

विज्ञापन