म्याग्दी जेसिजद्धारा आयोजित अन्तरमावि नरेश मोवाईल १८ औँ जेसीज कप फुटवल प्रतियोगितामा न्यू  वेष्ट पोइन्ट आवासीय माविका मनिष श्रेष्ठले प्रतियोगिता अवधिभर १२ गोल गर्दैं सर्वाधिक गोलकर्ता घोषित भएका छन् । गतबर्षको जेसिज कपका समेत ९ गोल गदैं सर्वाधिक गोलकर्ता बनेका श्रेष्ठले प्रतियोगिता अवधिभर १२ गोल गरेका हुन् ।

श्रेष्ठले उद्घाटन खेलमा गौ बमबस्त मावि ५ गोल, क्वाटरफाइनल खेलमा भिम मावि देविस्थानलाई १ गोल, सेमिफाइनलमा बेनी आवासीयलाई ३ गोल र फाइनल खेलमा बुद्ध एकेडेमीलाई ३ गोल गरेका थिए । विद्यालयस्तरका खेलमा निकै लोकप्रिय रहेका श्रेष्ठलाई रोक्न विपक्षीलाई हम्मेहम्मे पर्ने गरेको छ । बललाई कट गर्दै अगाडि लैजाने, फ्रि किक, ट्याक्टिसमा श्रेष्ठ अब्बल छन् । खेलमैदानभित्र सबैतिर पुग्ने क्षमता समेत उनीमा छ ।

प्रतियोगितामा सर्वाधिक गोलकर्ताको सम्मान प्राप्त गरेका श्रेष्ठको जेसीज कपमा यो अन्तिम खेल हुने छ । श्रेष्ठले भविस्यमा जेसीज कप प्रतियोगितामा सम्मान हुने गरी आफ्नो नाम रेकर्ड गर्न सफल भएका छन् । हरेक प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई जेसीजले प्रतियोगितामै सम्मान गर्ने गरेको छ । सर्वाधिक गोलकर्तालाई नगद पुरस्कार कम भएपनि टाइटलको सन्देश ठूलो भएको वेष्ट पोइन्टका खेल प्रशिक्षक दिपेन राईले बताए ।

उनले प्रतियोगितामा सर्वाधिक गोलकर्ता श्रेष्ठको खेलले न्यु वेष्ट पोइन्टले प्रतियोगिताको शिल्ड पच गर्न सफल भएको बताए । उनका अनुसार वेष्ट पोइन्टका खेलाडीहरुको खेलले चारपटकसम्म प्रतियोगिता जित्न सफल भएको बताए । मनिष लगातएका केही खेलाडीलाई क्षेत्रीय तथा राष्ट्रियस्तरका खेलहरुमा समेत सहभागी बनाउन सकिने प्रशिक्षकहरुको भनाई छ । म्याग्दीमा विद्यालयस्तरमा आयोजना हुने जेसीज कपलाई निकै प्राथमिकता दिने गरिन्छ ।