म्याग्दी जेसिजद्धारा आयोजित अन्तरमावि नरेश मोवाईल १८ औँ जेसीज कप फुटवल प्रतियोगिताको फाइनलमा बुद्ध एकेडेमीका क्याप्टेन नेत्र हुमेन टाउकोमा पट्टी बाँधेर मैदानमा उत्रिएका थिए । सेमिफाइनल खेलमा टाउकोमा चोट लागेपछि उपचारसँगै खेलमा सहभागी भएका हुसेनले खेलमा धेरै हेडिङ गरेनन् । टाउकोमा दुईवटा टाँका लगाएर सेतो पट्टीले बाँधेपनि हुमेनले एक गोल प्रहार गरेका थिए ।

अलराउण्डर हुमेनले मिलाएर दिएको बललाई चोटको प्रवाह नगरी केही हेडिङ गरेर समेत खेलाडीको आत्मविश्वा जगाएका थिए । प्रतियोगितामा न्यु वेष्ट पोइन्टले एक गोलको अग्रता लिएलगत्तै बुद्धको तर्फबाट एक गोल गदैं हुमेनले खेललाई बराबरी बनाएका थिए । डरलाग्दो ’काउन्टर एट्याक’, बिपक्षी स्ट्राइकरहरूको आक्रमण निस्तेज पार्न घाईते अवस्थामै धेरै प्रयास गरेका थिए ।

रक्षात्मक र आक्रमक दुवैमा अगाडी देखिएका वेष्ट पोइन्टलाई रोक्न हुमेनको प्रयासमा अन्य खेलाडीमा तालमेलको अभाव देखियो ।सेमिफाइनल खेलमा हुसेनलाई चोट लागेपछि फाइनलमा नखेल्दा विद्यालयलाई असर गर्ने भएकाले टाउकोमा पट्टी बाँधेर मैदानमा उत्रिएर खेलमा उत्कृष्ट खेल देखाउन सफल भए । खेलाडीमा हुनुपर्ने अनुशासनबाट सजिएका हुमेनले बललाई कट गर्दै अगाडि लैजान र ट्याक्टिससँगै गोलका सुन्दर अवसरहरू सृजना गर्न सक्षम देखिए ।

पहिलोपटक जेसीज कपको फाइनलमा पुगेको बुद्ध एकेडेमीलाई प्रतियोगितामा विजेताको सूचीमा विद्यालयको नाम रेकर्ड गर्ने चुनौती उनीसँगै थियो । फाइनलमा डिफेन्स र अग्रपक्तिमा रहेरका अन्य खेलाडीले सोचेजस्तो खेल देखाउन सकेनन् । प्रतियोगितको प्रि क्वाटरफाइनल, क्वाटरफाईनल र सेमिफाइनलमा रक्षात्मक खेलमा बलियो देखिएको बुद्धले फाइनलमा भने कमजोर देखिनुमा खेलाडीहरु घाईते भएको प्रशिक्षक सोनाम लामाले बताए ।

‘खेलाडी घाईते अवस्थामै मैदानमा जानु नै पराजयको प्रमुख कारण हो,‘फराकिलो अन्तरले पराजित हुनुमा घाईते अवस्थामा थकित खेलाडीको अवस्था नै हो’ उनले भने । फाइनलमा सहभागी तीन बलियो खेलाडी नै घाईते अवस्थामा थिए । टाउको, शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा मैदानमा उत्रिएर खेलाडीले विद्यालयमा उपविजेताको उपाधी लैजान पाएकोमा खुसी ब्यक्त गरेका थिए ।प्रतियोगितामा हुसेन उत्कृष्ट खेलाडी घोषित भए । १८ औँ जेसीज कप फुटवलमा हुसेनलाई उत्कृष्ट खेलाडीहरुको अग्रसुचीमा राखिएको छ ।