म्याग्दीकी अरुणा शाहीको नेतृत्वमा पहिलोपटक सागको फाइनलमा

म्याग्दीकी अरुणा शाहीले नेतृत्व गरेको नेपाली महिला भलिबल टिमले श्रीलंकलाई सोझो सेटमा पराजित गदैं फाइनलमा प्रवेश गरेको छ । १३ औँ साग खेलकुद अन्तर्गत महिला भलिबल प्रतियोगिताको शनिबार राती सम्पन्न खेलमा नेपाली टोलीले सागको इतिहासमै पहिलोपटक फाइनलमा प्रवेश गरेको हो ।

नेपाल समूह ए को उपवजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो । भारतले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेपछि नेपालले सेमिफाइलनमा स्थान बनाएसँगै नेपालले शनिबारको खेलमा बलियो मानिएको श्रीलंकालाई सोझो सेटमै पराजित गरेर उत्कृष्ट खेल देखाउन सफल भएको छ। नेपाली टोलीको नेतृत्व म्याग्दी रघुंगा गाउँपालिका वडा नं ३ पिप्लेकी अरुणा शाही र खेलमा मालिका गाउँपालिका वडा नं ३ रुमकी कमला पुनले समेत उत्कृष्ट खेल देखाउन सफल भएकी छन् ।

यसअघि नेपालले पहिलो खेलमा बंगलादेशलाई ३–० को सेटमा पराजित गरेको थियो। तर बिहीबार नेपाल भारतसँग ३–० ले स्तब्ध हुन पुगेको थियो। फाइनलमा नेपालले सोझो सेटमै पराजित भएको भारतलाई हराउँदै पहिलोपटक स्वर्ण पदक जित्न सकेमा नेपाली भलिबल खेलमा यो एतिहाँसिक उपलब्धी हुने छ ।

नेपालले हालसम्म सागमा रजत पदक समेत जितेको छैन् । नेपाली टोलीको नेतृत्व अरुणा शाहीले गरेसँगै नेपालले पहिलोपटक अन्तराष्ट्रिय पदक जितेको थियो । पहिलो अन्तराष्ट्रिय स्वर्ण पदक जित्ने नेपाली महिला भलिबलको नेतृत्व गरेकी शाहीकै नेतृत्वमा सागमा समेत फाइनलमा प्रवेश गरेको छ । सागमा भारतलाई आफ्नै घरेलु मैदानमा हराउने नेपाललाई यो सुन्दर अवसर मिलेको छ ।