कृष्णदासजीले चतारास्थित आश्रममै आफूलाई बलात्कार गरेको उजुरी एक महिलाले दिएकी हुन् । काठमाडौँकी ती महिलाले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा बुधबार जाहेरी दिएपछि प्रहरीले अनुसन्धान थालेको छ ।

यता, कृष्णदासजीले भने आफूमाथि लागेको बलात्कार आरोप निराधार भएको बताएका छन् । उनले यो मातृत्वको गलत प्रयोग भएको प्रतिक्रिया दिए । विराटनगरस्थित विराट नर्सिङहोममा बिहीबारदेखि उपचाररत उनले शनिबार भने, ‘मैले धर्म र धार्मिक क्षेत्रका लागि चलाएको अभियानप्रतिको प्रहार हो ।’ उनले घटनालाई स्त्री बम प्रहारसमेत भने ।