??

अर्जुन कार्की/ बागलुङमा निर्माणाधिन नेपालकै सवैभन्दा लामो झोलुङ्गे पुलको काम ८० प्रतिशत सकिएको छ । २०७५ चैत महिनाबाट निर्माण सुरु गरिएको बागलुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्नेगरी निर्माण भइरहेको ५ सय ६७ मिटर लामो झोलुङ्गे पुलको ८० प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनी थानी÷बिएलटि÷हिमशिखर कन्स्ट्रक्सनका प्रतिनिधि नरहरी खड्काले बताए । खड्काले पुलको स्टेक्चरको काम सम्पन्न भइसकेको र लठ्ठा तानेर फिटिङ गर्ने काम मात्र बाँकी रहेको बताए ।

कालिगण्डकी नदि माथि बन्दै गरेको झण्डै एक सय ३० मिटर अग्लो झोलुङ्गे पुलको लठ्ठा तान्न गाह्रो भइरहेको निर्माण कम्पनीका प्रतिनिधि खड्काले बताए । लठ्ठा तान्नका लागि दुवै जिल्ला तर्फ रहेका विद्युतका तार र मध्यपहाडी लोकमार्गको मालढुंगा–बागलुङ खण्ड एवं मालढुंगा–बेनी सडकमा सवारी आवतजावत गरिरहने हुनाले समस्या भएको खड्काले बताए ।

बाङ्गेचौर देखि पाङसम्म तुईन बनाई लठ्ठा तान्ने योजना निर्माण कम्पनीको भएपनि लठ्ठा खस्न सक्नेभन्दै विद्युतको तार व्यवस्थापनका लागि पहल गरिरहेको निर्माण कम्पनीले जनाएको छ ।पर्वत र बागलुङका विद्युत प्राधिकरणहरुले तार व्यवस्थापन गरेमा ३ महिना भित्र काम सक्ने ठेकेदार कम्पनीले दाबी गरेको छ । ‘पुल मुनि सडक र विद्युत नभएको भए १ महिना भित्र सवै काम सम्पन्न गर्ने थियौं’, खड्काले भने–‘सडक र विद्युत कार्यालयले सहज रुपमा सहयोग गरेमा ३ महिना भित्र काम सम्पन्न गर्नेछौं ।’

??

विद्युत र सडक दुवै बन्द गरेका एक महिना भित्र काम सम्पन्न गर्न सकिने भएपनि दुवै बन्द नगरी काम गर्दा ३ महिना निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीले बतायो । बागलुङ नगरपालिकाको समन्वयमा विद्युतको समस्याको लागि विद्युत प्राधिकरणलाई पत्र पठाएर सहजको लागि अनुरोध गरेको छ । नेपालकै गौरवको आयोजना अन्तरगत पर्ने भएकाले पुल निर्माणलाई रोकावट नगराउनको लागि विद्युत प्राधिकरणले सहज रुपमा सहयोग गर्ने बताएको छ ।

विद्युत प्राधिकरण बागलुङका प्रमुख प्रमुख शिवनारायण गोशलीको टोलीले लठ्ठा तान्ने स्थानको अवलोकन गर्दै विद्युतको नाङ्गो तारमा इन्सुलेटर तार राखेर सुरक्षित बनाउने बताएको छ । गोशलीले बागलुङको गौरवको आयोजना भएकाले निर्माण कम्पनीले ३ मिटरको तारमा इन्सुलेटर तार राख्दिन अनुरोध गरेकाले विद्युत कार्यालयले सहयोग गर्ने बचन दिएको बताए ।

नेपाल सरकारले लठ्ठा तान्ने प्रविधिको मेसिन चिनबाट खरिद गरेर बागलुङ पठाइसकेको र निर्माण कम्पनीले सुरुवातमा तानिने २४ ओटा लठ्ठा ल्याइसकेकोले लठ्ठा तान्ने काम सुरुवात गर्ने तयारी गरेको छ । पहिलो चरणमा २४ ओटा लठ्ठा तानिने र त्यसपछि ४ ओटा लठ्ठा तानीने निर्माण कम्पनीका प्रतिनिधि खड्काले बताए ।

पुलको परस्क्यार फिटमा चार जना अटन सक्ने क्षमता रहेको र पुल भरिभराउ भएपनि थेग्न सक्ने क्षमताको हुने जनाइएको छ । पुल लामो हुने भएकाले बाइक संचालनमा रोक लगाइने छ । पुलको आयु ५० वर्षसम्म हुनेभएपनि विच विचमा त्यसको मर्मत गर्नुपर्ने बताइएको छ ।पुल निर्माण पछि बागलुङ बजारदेखि नजिकै देखिने पाङको अदुवावारीसम्म पुग्नका लागि ठूलो खोंच क्रस गरेर हिड्नेपर्ने बाध्यताको अन्त्य हुने बागलुङ नगरपालिकाका नगरप्रमुख पौडेलले जानकारी दिए ।

पुल निर्माण पछि बागलुङ बजारसँग व्यवसायिक सम्बन्ध रहेका कुश्मा नगरपालिकाका जलजला गाउँपालिकावासी लगायतका जनताका लागि सहज पुहुँच पुग्नेछ । कालिगण्डकी नदी माथि बन्ने उक्त पुल बागलुङ प्रवेशद्वार मालढुङ्गा बजार, मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर सडक खण्डको ठिक माथि बन्ने भएकाले पर्यटकीय दृष्टिले महत्वपूर्ण हुने बागलुङ नगरपालिकाका नगरप्रमुख पौडेलले बताए ।

??

बि.स २०५९ सालबाट पुल निर्माण गर्ने सम्भाव्यता अध्ययन थालिएपनि लामो पुलको लागि लठ्ठा तान्ने प्रविधि नभएका कारण काम भएको थिएन । नेपाल सरकारले लठ्ठा तान्ने प्रविधि खरिद गर्ने र २०७७ असारमा सम्पन्न गर्ने लक्ष्यका निर्माण सुरु गरिएको थियो । ‘सस्पेन्सन’ पुल बिभाग मार्फत भएको खुल्ला बोलपत्र प्रकृयाबाट निर्माणको जिम्मेवारी थानी÷विएलटी÷हिमशिखर जेभी निर्माण कम्पनीले हिमशिखर कन्स्ट्रक्सनले ६ करोड ९१ लाख रुपैँयामा ठेक्का सम्झौता गरेको हो ।

यो पुल एसियाकै लामो पुल भएको निर्माण कम्पनीले बताएको छ । कञ्चनपुरको महाकाली नदीमा बनाइएको मल्टीस्पान प्रकृतिको चाँदनी–दोधारा पुल एशियामा लामो मानिने भएता पनि यहाँ बन्न लागेको पुल खुल्ला प्रकृतिको पहिलो भएको निर्माण कम्पनीले बतायो । चाँदनी–दोधारा पुलमा १४÷१५ वटा टावर राखेर बनाइएको छभने यहाँ बन्ने लागेको पुल खुल्ला आकाशमा बन्ने भएकाले पनि यस प्रकृतिको पुल नेपालकै सबैभन्दा लामो पुल रहेको निर्माण कम्पनीका प्रतिनिधि खड्काले बताए ।

Leave a Reply