स्वर्णपदकले पर्खिएर बसेको भारात्तोलनकी तारादेवी पुन

नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा तारादेवी पुनबाट स्वर्ण पदकको अपेक्षा गरिएको छ ।  बन्द प्रशिक्षणमा पुनले विगतका आफ्नै किर्तिमानी तोड्ने अपेक्षा पनि गरिएको छ । १२ औ दक्षिण एशियाली खेलकुदमा ७५ किलो माथिको तौल समुहमा कास्य पदक जितेकी थिईन् ।

नेपालकी स्ट्रङगेष्ट वुमेनको उपमा समेत पाएकी पुनलाई जिल्लामा विभिन्न संघसंस्थाले समेत सम्मान गरेका छन् । उनलाई प्रशिक्षकले नै स्वर्णपदकले पर्खिएर बसेको खेलाडीको रुपमा समेत चिन्ने गर्दछन् । स्वर्णपदकसँगै केही नयाँ किर्तीमानीको सोच रहेको पुनको भनाई छ । २०५९ सालबाट भारोत्तोलनमा प्रवेश गरी राष्ट्रियस्तरमा समेत दर्जनौ खेलमा उत्कृष्ट भएकी थिईन् ।नेपाल पुलिस क्लवमा समेत आवद्ध छिन् ।