चट्टानी पहाडमा लुकेको सुन्दरता (फोटो फिचर)

नाक ठोकिने ठाडो पहाडका विभिन्न जोखिमपूर्ण ठाउँमा बाटो बनाउँदै खयरबराह क्षेत्रको अग्ला चुचुरोमा पुगिन्छ । धौलागिरि, नीलगिरि, अन्नपूर्ण, बराह शिखर, अन्नपूर्ण साउथ लगाएतका हिमालहरू आँखामा नै ठोकिन्छ । खयरभरानी मन्दिरबाट करिव दुईघण्टाको कठिन यात्रापछि पुगिने स्थानहरूको नामाकारण नगरिएपनि स्थानीयले कालो पहाड, खयर क्षेत्र लगाएतका नामले चिन्ने गर्दछन् ।

पर्यटकका लागि आकर्षक गन्तव्य हुने प्रशस्त सम्भावना रहेको यो ठाउँले पूर्वाधार निर्माणको अभावका साथै प्रचारप्रसारको अभावका कारण आफ्नो पहिचानलाई ब्यापक रुपमा फैलाउन सकिएको छैन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ५ शिखको पाउद्धारको खयरबराह क्षेत्रमा अवस्थित अग्ला पहाडहरूमा बाह्रैमास चिसो हावा चल्छ ।

गर्मी महिनामा पनि जाडोयामको चिसो हावा चल्ने उक्त क्षेत्र विदेशी पर्यटकका लागि सुन्दर गन्तब्यको रुपमा विकास गर्न सकिने भएपनि खयरभारानी मन्दिरसम्म धार्मिक पर्यटकको ओइरो लाग्ने भएपनि माथिल्लो क्षेत्रमा पर्यटकको ध्यान तान्नै सकिएको छैन् ।

हिमालभन्दा अग्ला देखिने पर्यटकको जमघटका लागि स्थानीयले हालै उक्त क्षेत्रमा यात्रा गरेका छन् । बिर्टिश आर्मीका पूर्व लेप्टेन राजु पुनको नेतृत्वमा क्याप्टेन कृष्ण बहादुर पुन, बुद्धि बहादुर तिलिजा, भिमप्रसाद पाईजा, भिममायाँ तिलिजा र थममायाँ तिलिजाको टोलीले समुन्द्री सतहबाट ५ हजार २ सय १४ मिटर उचाईबाट अवस्थित उक्त क्षेत्रमा रहेका सम्भावनाका बारेमा स्थलगत अवलोकन गरेका छन् ।

खयर भारानी थान तथा क्षेत्र संरक्षण कोषको संयोजक समेत रहेका पुनले धार्मिक तथा पर्यटकीय दृष्टिकोणले गण्डकी प्रदेशमै उत्कृष्ट गन्तब्य बनाउन सकिने भएकाले नामाकरण आवश्यक रहेको बताए । उनले आसपासका क्षेत्रमा देखिने सुन्दर दृष्य,प्राकृतिक सौन्दर्यले सजिएको स्थानमा बुढापाकाको भनाई अनुसारका गन्तब्यहरुको खोजी भइरहेको बताए । चौरीको चरन क्षेत्र, हिमचितुवा सहित जंगली जनावरको बासस्थान समेत मानिन्छ ।

चराचुरुंगी र वन्यजन्तुको आवाज, बहुमूल्य जडीबुटीको बास्ना लिँदै थकित भए पनि आनन्द महसुस हुने ले। पुनको भनाई छ । हिमाल र प्राकृतिक सौन्दर्यको अवलोकनका लागि अपार सम्भावना बोकेको र सुनसान पदमार्गमा रमाउन चाहने पर्यटकलाई नयाँ गन्तब्यको रुपमा विकास गर्न सकिने पर्यटन ब्यवसायीको भनाई छ ।

चट्टानमाथि कुण्ड जस्तै
खयरबाराही क्षेत्रको बिशाल चट्टानमाथि ढुंगाले खोपेजस्तै देखिने कलात्मक आकार देखिन्छ । करिव ५÷६ माना पानी अट्न सक्ने एउटा कुण्डकै आकारमा रहेको र नजिकै स–साना प्राचिनकालमा खोपेजस्तै देखिन्छ । ठूलोमा चोकरजस्तै सेतो बालुबा समेत देखिएको स्थलगत रुपमा पुगेकाहरुको भनाई छ ।

यस क्षेत्रमा दुध कुण्डको रुपमा चिनिएका केही तालहरु भेटिएपनि अझैपनि स्थानीयले स्थलगत रुपमै पुगेर खोजीकार्यलाई तिब्रता दिएका छन् ।अन्नपूर्ण हिमालको पुर्वी मोहोडामा अवस्थित उक्त क्षेत्रलाई स्थानीयले थप पूर्वाधार सहित धार्मिक परम्परा अनुसार नामाकरण समेत गर्ने योजना बनाएका छन्। उक्त क्षेत्र आसपासमा बर्खाको समयमा विभिन्न आधारका तालहरु भेटिने भएपनि अन्य समयमा पानी सुक्ने गरेको बताउँछन् ।