बेनी नगरपालिका–५ पुलाचौरका नव गायक अमृत रामदामको ’सुनेरौ र सैले’ को म्यूजिक भिडियो बजारमा आएको छ । लोकदोहोरीमा फरक शैलीबाट बजारमा आएको गीतमा रामदामलाई जुना मगर श्रीषले साथ दिएकी छन् ।म्यूजिक भिडियोका निर्देशन देबेन्द्र पाण्डेले गरेका छन् ।

गीतमा चर्चित गायक रामजी खाँड र मोडेल रक्षा श्रेष्ठको अभियन रहेको छ । शब्द सुन्दर हमालको रहेको गीत हमाल म्यूजिक प्रालिबाट बजारमा आएको छ । आफूँलाई सबै प्रकारको गीत संगीत गाउन रूचाउने गरेपनि लोकदोहोरीलाई आफ्नो बटम लाइन बनाएर अगाडी बढेको गायक रामदामले बताए ।

उनले आफ्नो म्यूजिक भिडियोमा विभिन्न क्षेत्रबाट प्राप्त प्रतिक्रियाले उत्साहित भएको बताउँदै भविस्यमा थप सक्रियताका साथ संगीतको क्षेत्रमा लाग्ने बताए । सानैदेखि गीत संगीतलाई आत्मसाथ गर्दै गरेका उनको गीतलाई यूटुवमार्फत रिलिज गरेपछि थप अन्य गीतको तयारीमा जुटेको बताए । लोकदोहोरीका नेपाली गीत संगीतको मोह कहिले पनि नघटेको बताउँदै लोकदोहोरीलाई नै केन्द्रित गरेर आगामी दिनमा एल्बम ल्याउने बताए ।

Video Link: अमृत रामदामको ’सुनेरौ र सैले’ बजारमा 

Leave a Reply