Skipper Aruna Shahi holds the national flag as she poses for the group photo with her team members and officials at a farewell programme, in Kathmandu on Tuesday. Photo: THT

अन्तिम समयमा सम्हालिन नसक्दा नेपालले १३ औं सागको महिला भलिबलमा स्वर्ण जित्नबाट चुकेको छ । मंगलबार भएको निकै रोमाञ्चक खेलमा भारतले नेपाललाई ३–२ को सेटमा हराएको हो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलको पहिलो सेट भारत २५–१७ ले जितेको थियो । तर नेपालले उत्कृष्ट खेलसँगै दोस्रो सेट २५–२४ र तेस्रो सेट २५–२१ ले जित निकाल्न सफल भयो । प्रतिस्पर्धात्मक चौथो सेट भने भारतको पक्षमा रहृयो।उसले २५–२०ले जित्यो र अन्तिम सेटबाट स्वर्णको छिनोफोनो हुने भयो ।

अन्तिम सेटमा नेपालले अपेक्षा गरे अनुसारको खेल प्रर्दशन गर्न नसक्दा म्याग्देली चेली अरुण शाहीको नेतृत्वमा रहेको नेपाली टोलीले सागमा स्वर्णपदक जित्नबाट चुकेको छ । अन्तिम सेटमा १५–६ को हार व्यर्होरेको नेपालले भारतलाई कडा टक्कर दिएर दक्षिण एशियाली भलिबलमा आफ्नो दरिलो उपस्थिती देखाउन सफल भएको छ ।

यसअगाडी सोझो सेटमा भारतसँग पराजित भएको नेपाली टोलीको खेलले भारतीय टोली समेत चकित परेको छ । खेलाडी परिवर्तन देखि समय माग गर्ने पर्ने दवावमा राखेको नेपाली टोलीले अन्तिममा फितलो खेल देखाएको थियो । यसअगाडीका खेलहरुमा काश्य पदक जितेका नेपाली महिला भलिबल टोलीलाई सागमा रजत पदक अहिलेसम्मकै ठूलो पदक हो । नेपाली टोलीमा कप्तान शाहीसँगै कमला पुन समेत म्याग्दीकी हुन् ।