मंगला गाउँपालिकाले मङ्गलबार २८औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाएको छ । ‘पहुँचयुक्त भविष्य, बनाउनेछौं अवश्य’ भन्ने मूल नारासहित मंगला माविमा आयोजित कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष सिर्जजना केसीले संविधानमा अपाङ्गता भएकालाई दिएको अधिकारको कार्यान्वयनमा गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले गाउँपालिका भित्रका कार्यक्रमहरुमा अपाङ्ता भएकालाई प्राथमिकता सहित आत्मबल बलियो बनाउने गरी विभिन्न किसिमका आयआर्जनका क्षेत्रमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

सोही अवसरमा गाउँपालिकाका शिक्षा संयोजक डेकबहादुर बानियाँ, सूचना अधिकृत राजेन्द्र आचार्य, वडा सदस्य राजु पाण्डेले मन्तब्य राख्दै फरक क्षमता, शाररीक रुपमा अशक्तलाई प्राथमिकता दिएर आवश्यकता अनुसारका योजना बनाउनुपर्नेमा जोड दिनुभएको थियो । दिवसको अवसरमो, मंगला शिक्षा क्याम्पसमा प्रमुख पितम्बर खत्री, शिक्षक, विद्यार्थी लगाएतको उपस्थिती रहेको थियो ।

अपाङ्ता दिवसको अवसरमा आयोजित कार्यक्रमको सञ्चालन गाउँपालिकाका कम्प्यूटर अपरेटर सिजन रोकाले गर्नुभएको थियो ।सोही अवसरमा गाउँपालिकाले मंगला माविलाई १ सय थान सेनेटरी प्याड उपलब्ध गराएको छ । गाउँपालिकाले ७ वटा मावि र ७ वटा आधारभुत तहका विद्यालयलाई प्रति विद्यालय १ सय थानको दरले महिनावारीको समयमा छात्रा विद्यालय नआउने समस्या हटाउन सेनेटरी प्याड वितरण गरेको छ । गाउँपालिकाले विद्यालयमा उक्त कार्यक्रम अन्तरगत नियमित वितरण गर्ने जनाएको छ ।

Leave a Reply