पाखापानीमा माइक्रोस्कोपिक क्याम्पमार्फत ६२ जनाको खकार संकलन

म्याग्दीको रघुगंगा गाउँपालिका–६, पाखापानीमा मंगलबार क्षयरोग सम्बन्धी माइक्रोस्कोपिक क्याम्प सञ्चालन गरिएको छ । पाखापानी स्वास्थ्य चौकीमा रघुगंगा गाउँपालिका स्वास्थ्य शाखाद्धारा आयोजित खकार संकलन क्याम्पमा ६२ जनाको परीक्षण गरेको पाखापानी स्वास्थ्य चौकीकी अहेव बीनु पुन राम्जालीले जानकारी दिईन् । क्याम्पसमा गाउँपालिकाका स्वास्थ्य संयोजक टिकाबहादुर शाही, बेनी अस्पतालका ल्यावका यामबहादुर थापा लगाएतका स्वास्थ्यकर्मीले चेकजाँच गरेका थिए ।

गाउँपालिकाले क्षयरोग नियन्त्रण कार्यक्रम अन्तरगतखकार परीक्षण गरी क्षयरोगी पहिल्याउने, पुनःपरीक्षण र उपचार गर्ने र सेवामा पहुँच कम भएको जनसंख्यामा माइक्रोस्कोपिक क्याम्प सञ्चालन गर्ने जनाएको छ । दुर्गम क्षेत्रमा जनचेतनाको अभाव तथा स्वास्थ्य चौकीसम्म पुग्न नसक्ने बिरामीको पहिचान गरी नमुना परीक्षण र औषधि वितरण गर्नुपर्ने स्वास्थ्यकर्मीको भनाई छ । शिविरले ग्रामीण समुदायका बृद्धबृद्धा, असहाय लगायतका व्यक्तिहरुलाई सहज हुने जनाइएको छ ।