विमल खड्का
काठमाडौं । मंसिर १८ मार्ग शुक्ल अष्टमी । हिन्दू परम्परा अनुसार भोलि कुलपुजा ( देवाली) । दाजुभाइ टाढा भएकाले गुल्मीबाट कुलपुजा गर्न बागलुङ जानुपर्ने बाध्यता । सडक सञ्जालको पहुँच भएकाले इस्मा गाउँपालिका–४ पैयाँबाट जिप छुट्यो बागलुङ निसीखोला–२ बायखोलाका लागि । बिहानै ५ बजे हिँडेका तीन अवोध बालकसहितका आमा र स्थानीय देवाली गर्ने ठाउँसम्म पुग्न पाएनन् ।

मान्छे हो एकदिन मर्नेपर्छ, कोहीको ढिलो होला, कोहीको छिटो फरक यत्ती हो । तर परिवारलाई छाेडेर कुनै गन्तव्यमा पुग्दै गर्दाको मरण परिवार र समाजका लागि पीडादायी हुन्छ । गाउँका कार्की ‘खलक’ दाजुभाइ बागलुङ निसीखोला–२ बायखोला । गन्तव्यसम्म पुग्नका लागि१८ हजारमा जिप रिजर्भ थियो । जिप रिजर्भ भएकाले जिपमा अटाएसम्म र छतमा गरी २५ जना सवार थिए ।

इस्माबाट आएको गाडीग्वालीचौर प्रहरी चौकी खारले समात्यो । क्षमताभन्दा बढी मान्छे हालेको भन्दै प्रहरीले केही मान्छे झार्यो पनि । भरेका मान्छेलाई गन्तव्यसम्म पुर्याउनका लागि ग्वालीचौर प्रहरी इञ्चार्ज लालमणि भट्टराईले नै अर्को गाडी खोजेर पठाए । भट्टराईले भने– ‘बच्चासहितका आमा भएका काँखमा राखेर लैजान्छौं भनेपछि मैले १८ जना जिपमा पठाएको हुँ ।’ ‘अन्य ८ जना अर्को सवारी खोजेर पठाएँ तर, भीमगिठे नजिकै दुर्घटना भएको खबर सुन्दा छाङ्गाबाट खसेजस्तै भएँ’ उनले सुनाएँ ।

दुर्घटनाको जोखिम भनेर भेउ पाएको प्रहरीले ८ जना नझारेको भए साहेद सबैजना दुर्घटनामा पर्थे होला । संयोगबस् ८ जनालाई केही भएन् । जिप अगाडि अगाडि थियो । पछाडि थियो प्रहरीले झारेको आठ जना बोकको भ्यान । भ्यानका चालकका तेजबहादुर घर्तीका अनुसार गाडी सडकमा रहेको पिलरमा ठोक्किँयो र एक्कासी खोलामा खस्यो । ‘गाडी ढिकामा र कुनामा गरेर पिलरमा ठोक्किँयो, केहीसमयपछि खोलामा खसेको ठूलो आवाज आयो चालक घर्तीले सुनाए ।’

कुल पुजाको लागि हिँडेको जिप यसरी खस्ला भनेर कसैले पनि कल्पनासमेत गरेका थिएनन् । दुर्घटना हुनुपूर्व नै भ्यानमा चढेका मध्येका एक थिए विशाल कार्की । मंगलबार राति कार्की दाजुभाइको कुल पूजाका लागि झाँक्रीसहित जाँगन बस्ने र बुधबार कुल पूज्ने भएकाले बायखोला जाने कार्यक्रम रहेको थियो उनीहरुको । तर बन्धुकहाँ नपुग्दै देवसान भयो १४ जनाको । १४ जनाको घटनास्थलमै मृत्यु भएपछि कार्की गाउँ बायखोला र गुल्मी इस्मा स्तब्ध छ ।

भोलिको कुलपुजाको लागि हिँडेको जिप बडिगाड गाउँपालिका वडा नम्बर ७ मा पुगेर दुर्घटना हुँदा १४ जनाले अकालमै ज्यान गुमाउन पर्यो । ज्यान गुमाउनेमा गुल्मी इश्मा गाउँपालिका वडा नम्बर ५ का ३० वर्षीया सुचना कार्की, ४० वर्षीया बसुन्धरा कार्की, २२ वर्षीया माया थापा, वडा नम्बर ४ का सवारी धनी तथा चालक २५ वर्षीय रेशम थापा ४० वर्षीया सिता कार्की , उनकी चार वर्षीया छोरी अनुसा कार्की रहेका छन् । यस्तै ६५ वर्षीया झवी कार्की, ४० वर्षीया महेन्द्र कार्की, ४० वर्षीय भूमी कार्की, २५ वर्षीया मिना बस्नेत, ६५ वर्षीय धनबहादुर कार्की, नवलपरासीको बर्दघाट नगरपालिका २ बस्ने ६० वर्षीया मुमा कार्की, बडिगाड गाउँपालिका ५ का ५५ वर्षीया लक्ष्मी केसी र कञ्चनपुर बस्ने ५५ वर्षीय धनबहादुर कार्की रहेका छन् ।

इश्मा गाउँपालिकाकै ६५ वर्षीय धनबहादुर कार्की भने अझै बेपत्ता छन् । उनको खोजि प्रहरी र स्थानीयले गरिरहेका छन् । समाचार तयार पर्दासम्म उनी भेटिएका छैनन् । प्रहरी कारबाहीमा परेपछि भ्यानमा चढेका ८ जना दुर्घटनाबाट जोगिए । प्रहरी कारबाहीमा परेपछि नारायण कार्की, हरि कार्की, मधु कार्की, विशाल कार्की, कर्णबहादुर घिताङ, रवि कार्की लक्ष्मण खत्री र रुद्र थापा भ्यानमा सवार थिए । उनीहरुकै आँखा अगाडि जिप खोलामा खसेको थियो । देवाली मनाउन नवलपरासी वर्दघाटबाट आएका जीवन कार्की, रोल्पा घर भइ इस्मा माइत भएकी नीमा कार्की खत्री र हिमाल कार्कीको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरुको उपचार खर्च सरकारले नै बेहोर्ने गुल्मीका सांसद एवम् पूर्व श्रममन्त्री गोकर्ण विष्टले भनिसकेका छन् । कामना गरौं उनीहरुको स्वास्थ्य चाडो निको होस् ।सडक दुर्घटना हुनुमा चालकको कमजोरी देखिएला तर दोष सबै पक्षको छ । कुनै एक पक्षलाई मात्र दोष लगाएर आफू पन्छिन खोज्नु पानी माथिको ओभानो हुन खोज्नु हो कि !

Leave a Reply