नेविसंघ म्याग्दीले मंसिर २६ गते नेतृत्व पाउने

लामो समयदेखि नेतृत्वविहिन नेपाल विद्यार्थी संघ म्याग्दीले आगामी मंसिर २६ गते नयाँ नेतृत्व पाउने भएको छ । नेपाली काँग्रेस म्याग्दीको २४औँ पूर्ण बैठकले उक्त दिन विद्यार्थीको भेला गरी नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।कार्यविभाजनमा विद्यार्थी नेताहरु बीच देखिएको विवादलाई पार्टीले समाधान गदैं नयाँ नेतृत्व सहितको समिति चयन गर्ने निर्णय भएको नेविसंघका निर्वतमान अध्यक्ष एवम् पार्टीका सहसचिव भरत रकालले बताए ।

पार्टी सभापती खम बहादुर गर्बुजा खम्बिरको अध्यक्षतामा बसको बैठकले सबै स्थानीयतहमा मंसिर मसान्तसम्म नगर तथा पालिका स्तरीय समिति गठन गर्नको लागी संयोजक र सह–सहयोजक तोकेको छ । बेनी नगरपालिकाको संयोजकमा रेशम बानियाँ, सह–सयोजकमा हरिकुमार श्रेष्ठ, धौलागिरी गाउँपालिका संयोजकमा अजयमिलन श्रेष्ठ, सहसंयोजकमा डम्बर भण्डारी, मालिकामा संयोजकमा भरत बहादुर रकाल, सहसंयोजकमा श्रीप्रसाद रोका,मंगलामा संयोजकमा डा. भुपेन्द्र खड्का सहसंयोजकमा माधव रेग्मी रहेका छन्।

त्यस्तै रघुगंगा गाउँपालिकामा संयोजकमा नेत्रबहादुर महत, सहसंयोजकमा भबबहादुर भण्डारी र अन्नपूर्ण गाउँपालिकामा संयोजक क्या मिन बहादुर कार्की र सह संयोजकमा क्या डम बहादुर गर्बूजा छन् । लामो समय देखी नेतृत्वविहिन रहेको नेविसंघको कार्यवाहक सभापतिको विवादमा अल्झिएकै कारण विद्यार्थीलाई एकताबद्ध बनाउन समस्या भइरहेको थियो ।