म्याग्दीका दिपकले जापानबाट ल्याए ‘टुना मुना‘’

म्याग्दीका दिपक बसन्त कार्कीको शब्द तथा लयमा तयार भएको गीत ‘टुना मुना‘’ सार्वजनिक भएको छ । म्याग्दीमा जन्मिएर जापानमा कर्म क्षेत्र बनाउँदै आएका कार्कीको शब्द तथा लय रहेको उक्त गीत मौसम गुरुङको युट्यूव च्यानलमार्फत सार्वजनिक भएको हो ।

गीतमा पछिलो समय पाश्र्व गायन र आधुनिक गीतमा निकै प्रभाव जमाएकी गायिका बिन्दु परियार, गायक मौसम गुरुङ र सुनिल पाठकको स्वर रहेको छ। गीतको भिडियोमा चर्चित नायिका बर्षा सिवाकोटी र चर्चित मोडल तथा गायक दुर्गेश थापाको अभिनयले समेत थप आर्कषक बनाएको छ । चल्तीका मोडललाई प्रयोग गरी सार्वजनिक गरिएको म्यूजिक भिडियोको राम्रो प्रतिक्रिया रहेको कार्कीले बताए ।

उनले आगामी दिनमा समेत गीतसंगीतलाई निरन्तरता दिने बताए । युवा–युवतीको माया प्रेमलाई गीतमार्फत प्रस्तुत गरिएको उक्त गीत चलनचल्तीको गीत भन्दा फरक शैलीमा निर्माण गरिएको छ । भिडियो निर्देशन शिब बिक, अर्जुन तिवारीको छायांकन र शिव विकको कोरियोग्राफि रहेको भिडियोको सम्पादन भने बिकाश ज्ञवालीको रहेको छ । गीतलाई सितल सिजन डिजिटलले बजारमा ल्याएको छ ।