ज्यामरुककोटमा विश्व हिन्दू महासङ्घ पुनर्गठन

ज्यामरुककोटमा विश्व हिन्दू महासङ्घ वाड कार्य समिति पुनर्गठन गरिएको छ । बेनी नगरपालिका–२मा यसअघि निलकण्ठ शर्मा अध्यक्ष रहेको वडा कार्यसमिति निष्क्रिय रहेको भन्दै उक्त समिति विघटन गरि हरिप्रसाद शर्माको अध्यक्षतामा चौध सदस्यिय वडा स्तरीय विश्वहिन्दू महासङ्घ वाड समिति पुनर्गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा वविता सापकोटा, सचिवमा चन्द्रकान्त रिजाल, कोषाध्यक्षमा शोभित शर्मा र सदस्यहरुमा यदुनाथ शर्मा, विदुरप्रसाद शर्मा, डिलबहादुर थापा, जीतबहादुर थापा, हिराबहादुर सुनार, जमुना घिमिरे, चन्द्रकला सुवेदी, राममाया घिमिरे, सूर्यबहादुर घिमिरे र यामबहादुर घिमिरे चयन भएका छन् भने समितिको सल्लाहकारमा वलराम पौडेल र गुमादेवी सापकोटा निलकण्ठ शर्मा, शिवकुमार खत्री, भद्रबहादुर खत्री, टीकाबहादुर कार्की चयन भएका छन् ।

विश्वहिन्दू महासङ्घ म्याग्दीका अध्यक्ष श्री कृष्णप्रसाद आचार्यले ‘आर्थिक तथा स्वाथ्य लोभ लालचमा पारी धर्म परिवर्तन गरे शरीरमा लागेको जुनसुकै विमार समेत निको हुन्छ भन्दै धर्म परिवर्तन् गराउँदै हिँड्नेहरुबाट सतर्क रहन आग्रह गर्नु भयो ।’ साथै उँहाले विश्व हिन्दू महासंघ विशुद्ध हिन्दूधर्ममा आस्था राख्नेहरुको समूह भएका कारण कुनै राजनैतिक पार्टी नभएको समेत जानकारी दिनुभयो ।

गठित कार्य समितिले भाइचाराको सम्वन्ध कायम राख्दै हिन्दू धर्मको विरुद्धमा बढ्दै गएका क्रियाकलापहरुलाई निरुत्साहित गर्ने, धर्म परिवर्तन गराउँदै हिँड्ने गिरोहहरुको खोजि गरि सम्वन्धित निकायमा बुझाउने जस्ता कामहरु गठित नव कार्य समितिले गर्ने छ । विश्व हिन्दू महासङ्घ म्याग्दीका निवर्तमान् अध्यक्ष भद्रबहादुर कार्कीले ‘समाजभित्र ललाईफकाई धर्म परिवर्तन गराउने गिरोहहरु निकै सक्रिय रहेका कारण तिनको खाजि गरि तत्काल कारवाही गर्नुपर्ने धारणा राख्नुभयो ।

जिल्ला कार्यसमितिका कोषाध्यक्ष सुन्दर केसी, सहसचिव छविलाल पौडेल, सदस्य वुद्धिप्रसाद ढुङ्गाना, बेनपा–८, वाड समिति अध्यक्ष रामचन्द्र पौडेलको विशेष उपस्थितिमा समाजसेवि टीकाबहादुर कार्की, डिलबहादुर कार्की, निलकण्ठ शर्मा, महासङ्घका जिल्ला सदस्य राममाया नौवाक लगायतले मन्तब्य राख्नुभएको थियो । स्थानीय ९३ वर्षिया जमानसिंह घिमिरेको प्रमुख आतिथ्यता, विश्व हिन्दू महासंघ म्याग्दीका अध्यक्ष कृष्णप्रसाद आचार्य ज्यूको अध्यक्षता, उपाध्यक्ष दीर्घबहादुर बानियाँको स्वागत, सल्लाहकार सदस्य पं दण्डपाणि उपाध्यायको मङ्गलाचरण वाचन र सचिव लोकनाथ भुसालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।