स्थानीय गाईको संरक्षणको लागि नेपालमै पहिलो पटक पर्वत जिल्लाको जलजला गाउँपालिका–७ मिलनचोकमा आजदेखि ‘गौमहोत्सव’ सुरु भएको छ।गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरे ।

वडा नम्बर ७ धाइरिङमा रहेको गण्डकी गोपाल गौशालाको सुदृढिकरण र गाइ संरक्षण संगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचार प्रसारको लागि कालञ्जर पर्वतको फेदी र कालिगण्डकी नदीको किनारमा रहेको मिलनचोकमा आयोजित महायज्ञको उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि गण्डकी प्रदेशका सभामुख नेत्र अधिकारीको उपस्थिति रहेको थियो । धार्मिक र प्रयाबरणीय रुपमा समेत गाईको महत्व ठुलो रहेकाले पनि गाईपाल तथा संरक्षणको लागि पहल गर्नुपर्नेमा बक्ताले जोड दिएका थिए ।

महोत्सवमा स्वामी कमलनयनाचार्य, स्थानीय तहका जनप्रनिधि सहितको उपस्थिती रहेको थियो । स्थानीयको सक्रियतामा वि.स २०७२ मा धाइरीङमा गण्डकी गोपाल गौशालाको स्थापनासँग महायज्ञबाट थप पूर्वाधार सहितका योजना बनाउने तयारीका लागि महायज्ञ आयोजना गरिएको हो । महायज्ञको अवसरमा म्याग्दीको सदरमुकाम बेनीस्थीत बिरेन्द्रचोकबाट कलसयात्रा गरी बेनीबजारको परिक्रममासँगै महायज्ञस्थतर्फ प्रस्थान गरिएको थियो । महायज्ञमा पर्वतका साथै म्याग्दीका संघसंस्थाको समेत सक्रिय सहभागिता रहेको थियो ।

गौशालाको क्षमता विस्तार गरि लोप हुँदै गएका गाईको संरक्षणको लागि अन्य गाईहरु थप गर्दै लैजाने तथा गाईको महत्व, स्थानीय उत्पादन सहित र्दिघकालिन योजना बनाउन महायज्ञ आयोजना गरिएको आयोजकले जनाएको छ । हाल गौशालामा ३५ वटा गाई रहेका छन् । हिन्दु धर्मावलम्बीहरुको लागि गाई जन्मदेखि मृत्यु सम्म नै अति आबश्यक जनावर मानिने भएपनि लोप हुन लागेकाले संरक्षणको मुल संयोजक राजु आचार्यले बताए ।

मानव सभ्यतासँग जोडिएको गाईको दूध, दहि, घ्यु पोषिलो हुने मान्यता रहेकाले नयाँ पुस्तालाई समेत महायज्ञमा आर्कषित गरिएको छ । गहुँतको प्रयोगबाट १४८ किसिमका रोग निदान हुन रसियन शोधकर्ताहरुको अनुसन्धानबाट पुष्टि भएपनि नेपालमा गाईपालन प्रतिको आर्कषण घट्दै जान थालेपछि महायज्ञको आयोजना गरी धाईरिङदेखि माथि विशाल जंगल रहेको र चरण क्षेत्रको अभाब नहुने भएकाले यस क्षेत्रमा गाईपालनको केन्द्र बनाउने योजना रहेको योजना रहेको आयोजक समितिका महासचिब जगन्नाथ आचार्यले बताए ।

विराट् ज्ञानमहायज्ञ एवम गौमहोत्सवले गाईको महत्व बढाउने र गौशालाको पुर्वाधार विकाससंगै म्याग्दीको भुरुङतातोपानी देखि पर्वतको जलजला, हम्पाल हुँदै पातिचौर सम्मको क्षेत्रलाई समेटिएको कालञ्जर पर्वतको ऐतिहाँसिक महत्व र सम्भावना उजागरका साथै विश्व सम्पदामा सूचिकृत गर्न प्रस्ताव गर्ने प्रमुख अतिथि सहितका जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । महायज्ञमा गाउँपालिकाले गौशालाको पूर्वाधार निर्माण र कालञ्जर पर्वतको विषयमा डाक्टर जगन्नाथ रेग्मीले मन्तब्य राखेका थिए । कालञ्जर पर्वतलाई पवित्र तपोभूमिको रुपमा पुराणहरुमा समेत व्याख्या गरिएकाले समेत सोही अनुसार प्रचारप्रसाका लागि महायज्ञ आयोजना गरिएको छ ।

Leave a Reply