उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, हिस्तानको औलमा बिहीबार सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । ‘समानताको पुस्ता, बलात्कारविरुद्ध एक्यबद्धता’ भन्ने मूल नारासहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सचेतनामूलकसम्बन्धी बक्तृत्वकला कार्यक्रम गरिएको हो ।

अन्नपूर्ण गाउँपालिका र मिलन म्याग्दी÷सुआहारा कार्यक्रमको सहयोग र औल आमा समूहको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले लैङ्गिक हिंसा न्युनीकरण गर्नका लागि गाउँपालिकाले विभिन्न कार्यक्रममार्फत सचेतना अभियान सञ्चालन गरेको जानकारी दिएकी छिन् ।

कार्यक्रममा स्थानीय यामप्रसाद पूर्जा, रिमबहादुर पूर्जा र कविता पुनले मन्तव्य राखेका थिए । आमा समूह अध्यक्ष गोबिसा पूर्जाको अध्यक्षता र सचिव पवित्रा रन्तिजाको सञ्चालनमा सम्पन्न कार्यक्रममा सुआहाराका फिल्ड सुपरभाइजर छवि पूर्जाले सहजीकरण गरेकी थिइन् । ९० जनाको सहभागिता रहेको बक्ृतत्वकलामा ५ महिला र २ पुरुष उत्कृष्ट भएका थिए ।

Leave a Reply