म्याग्दीका बाइक स्टन्ट राइडर विविद जंग थापाले हरेक प्रतियोगितामा अनौठो किसिमको ’राइडिङ स्किल’ देखाउँछन् । म्याग्दीका अफरोड ट्र्याकमा जोखिम मोल्दै नयाँ र फरक शैली सिकेका थपााले बेनीबाट आफ्नै गाउँमा जाने बेलामा समेत आफ्नो रेसिङ कौशल प्रदर्शन गर्छन् । जिल्लाको धवलागिरी गाउँपालिका–७ धारापानीका थापाले हरेक यात्रालाई आफ्नो यूटुयूब च्यानलमा समेत राख्छन् । अफरोडमा बाइक चलाउने क्रममा उनले सिकेको सीपलाई ब्यवसायीक राइडरको रुपमा समेत उभ्याउन सफल भएका छन् ।

आफ्नो बाइकिङ सीप र प्रतिभा प्रदर्शन गर्नुका साथै यात्राभरि असीमित रोमाञ्चक अनुभव बटुलेका थापाले पल्सर डेयर भेन्चर सिजन–३ मा सेकेन्ड रनर अप हुन सफल बन्दै पल्सर एनएस मोटरसाइकल र सामसुङ एस एट हात पारेका थिए । नेपालको सबैभन्दा लोकप्रिय, साहसिक तथा पहिलो बाइक रियालिटी पल्सर डेयर भेन्चरमा निकै उत्कृष्ट प्रर्दशन गरेका थापाले रेशमाण्डू, क्रसमाण्डू लगाएतका ७ वटाभन्दा धेरै प्रतियोगितामा समेत सहभागिता जनाएका छन् ।

‘ब्यवसायीक राइडर बन्ने प्रयासमा छु,‘हरेक प्रतियोगितामा मैले नयाँ सिक्ने अवसर पाएको छु’ थापाले भने । उनले नेपालभित्रका विभिन्न जोखिमपूर्ण स्थानहरुका साथै भारतमा समेत बाइकयात्राको अनुभव, सीप प्रदर्शन र मज्जा लिएको बताए । उनले जोखिमपूर्ण भएपनि यसबाट ब्यवसायीक सीपलाई प्रयोग गर्न सकिने बताए ।

उत्कृष्ट टोलीमा छनौट भई चेन्नाईको मद्रासमा पुगे
अपाचे बाइक राइडरहरुको बाइक हाँक्ने खुबी, शारीरिक सक्षमता, अनुशासन आदिलाई आधार मानेर थापाले भारतमा समेत आफ्नो प्रतिभा देखाएका छन्।नेपालका स्टन्ट राइडरहरूलाई टीभीएस मोटरसाईकल कम्पनीले चेन्नाईको मद्राससम्म मोटर रेस ट्रयाकमा आयोजना गरेको अपाचे रेस ट्रयाक एक्सपेरियन्समा समेत थापाले नेपाली टोलीबाट सहभागिता जनाएका थिए । टीभीएस अपाचे २०० ४ भी बाइकमा आफ्नो अनुभव लिएको थापाले बताए।

नेपालका लागि टीभीएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस अपाचे बाइक आर.आर ३१० र अपाचे २०० फोरभी मोटरसाइकलहरुको टेस्ट राइडमा सहभागिता जनाएका प्रतियोगीहरुमध्ये ६० जना गोलाप्रथाबाट चयन गरी प्रारम्भिक छनौट चरणबाट ३० अनि, ३० बाट छनौट गरिएका २५ जनालाई यसका लागि छनोट गरेकोमा थापाल समेत छनौट भएका थिए ।

एकान्तकुना ड्राइभिङ्ग स्कूलको मैदानमा संचालित छनौट चरणबाट २५ जना प्रतियोगीहरु उत्कृष्ट ठहरिँदै उक्त मौका पाएके थापाले बताए । नेपालभरका २५ जनामा छनौट भएर भारतीय भूमिमा समेत आफ्नो प्रतिभा देखाउन सफल भए,‘मैले म्याग्दीमा समेत पर्यटनको क्षेत्रमा सघाउने गरी यस्तै रेज आयोजना गर्ने सोचमा छु’ उनले भने । साहसी र निडर राइडरलाई बाइकरको सबैभन्दा लोकप्रिय गन्तव्यको रुपमा समेत उक्त स्थान चिन्ने गरिन्छ । म्याग्दी जिल्लाको पर्यटन प्रर्वधनमा लागि समेत यस्ता प्रतियोगिताले पर्यटकलाई आर्कषित गर्न सकिने पर्यटन ब्यवसायीको भनाई छ ।