१३औं दक्षिण एसियाली खेलकुद (साग) उसुतर्फ ७० केजी तौलसमूहबाट विन्दु पुन मगरले रजत पदक जितेकी छन् । बिहिबार काठमाण्डौमा सम्पन्न भएको खेलमा नेपालको तर्फबाट विन्दुले उत्कृष्ट खेल प्रर्दशन गरेपनि स्वर्ण पदक जित्न सकेनन् । उनले बंगलादेशका खेलाढीलाई पराजित गदैं फाइनलमा प्रवेश गरेकी थिईन् । फाइनल खेलमा सानो कमजोरीले स्वर्णपदकको अवसर गुमेको उनले बताईन् ।

‘स्वर्ण पदक गुमेपनि मैले देशलाई रजत पदक जिताउन सफल भए,‘एकपटक देशको नाममा स्वर्ण पदक लिने छु’ पुनमगरले बेनीअनलाइनलाई भनिन् । नेपाली सेनामा कार्यरत म्याग्दी मंगला गाउँपालिका–२, बावियाचौरकी पुनमगरले स्वर्णपदकका लागि अभ्यासमा कुनै कमी भएको थिएन । प्रशिक्षकले समेत स्वर्णपदकका लागि आशा गरेपनि खेलको रणनीतिमा सानो प्राविधिक कमजोरीले गुमेको बताइएको छ।

१२ सागमा उसुतर्फ रजत पदक जितेकी विन्दुले राष्ट्रिय खेलकुद अन्तरगत लगातार स्वर्ण पदक जितेकी छन् ।कुनै समय कराँतेमा समेत उत्कृष्ट मानिने उनले विगत पाँचबर्षदेखि उसु खेलमा सहभागी छन् । निरन्तर अभ्यासका साथै दरिलो आत्मविश्वासका कारण खेलमा सफलता मिलिरहेको उनको भनाई छ । उसुमा भारतका खेलाडीलाई निकै कडा मानिन्छ ।