छोटो र पारिवारीक जलयात्राका लागि ‘फेमिली रिभर’को रुपमा चिनीएको कालीगण्डकी नदीको म्याग्दी खण्डमा नियमित जलयात्रा (¥याफटिङ्ग) सञ्चालन गरिने भएको छ । म्याग्दी होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको अगुवाईमा शुक्रबार छोटो र लामो दुरीको जलयात्राका लागि परिक्षण गरिएको छ ।

म्याग्दी र मुस्ताङका विभिन्न पर्यटकीयस्थलका घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी परिक्षण गरिएको संघका अध्यक्ष ताराप्रसाद आचार्य ‘बाबुराम’ले बताए । ‘होटल ब्यवसायीकै पहलमा केही नयाँ प्याकेज सुरु गर्ने तयारीमा छौ,‘पहिलो प्रयास जलयात्रा नै हो’ आचार्यले भने ।

Kaligandaki River tested for rafting by Hotel association myagdi.

Gepostet von बेनीअनलाइन – Benionline.com.np News am Donnerstag, 5. Dezember 2019

उनका अनुसार प्रसिद्ध धार्मिकस्थल गलेश्वरबाट म्याग्दी र कालिगण्डकीको संगमस्थलसम्म छोटो दुरी तथा गलेश्वर–मालढुंगासम्मको दुरीमा म्याग्दी, बागलुङ र पर्वतबाट समेत विदा सहित अन्य समयमा जलयात्राका लागि आर्कषित गर्न सकिने बताए । होटल ब्यवसायीले रेजिङ रिभर रनर प्रालीका होमबहादुर पुन र सन्तोष गिरीको नेतृत्वमा दुरीको अध्ययन तथा अवस्थाका बारेमा भिडियो सहितको विवरण संकलन गर्ने जिम्मा दिएको होटल ब्यवसायी संघका सचिव सरोज थापाले बताए ।

जलयात्रामा प्रख्यात कालिगण्डकीमा विदेशी पर्यटकको तुलनामा आन्तरिकको समेत आर्कषण ह्वात्तै बढेको छ । लामो, समथर र कम बहाब भएकाले पनि कालिगण्डकीका जलयात्रा गर्ने गरिन्छ । एक पटक १० जनासम्म चढ्न मिल्छ । कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न बनस्पति, जलचरहरुको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटकहरु आर्कषित हुने गरेका छन्।

गलेश्वर बेनी ३ किलोमिटर र बेनीदेखि मालढुङ्गासम्म करिव १२ किलोमिटर जलयात्रालाई विगतमा समेत प्रयास गरिएपनि म्याग्दी खण्डमा ब्यवसायी आर्कषित हुन सकेका थिएनन् । पर्वतको जलजला गाउँपालिकाको नाईलिवाङदेखि पानीको सतह घटेसँगै तीन दिने लामो जलयात्रा मालढुंगा हुदैस्याङजा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशय सबैभन्दा लामो यात्रा मानिन्छ ।